अनुसन्धान गर्ने निकाय कमजोर हुँदा पीडितले न्याय पाउन मुस्किल
नेपालबहस संवाददाता
पुस ७, २०७७ बुधबार १:२४:३०
धीरुभाइ
७ पुस सप्तरी । नेपाल बारको ६५ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित परिचय तथा स्वागत कार्यक्रमका वक्ताहरुले न्याय सम्पादन कार्य जनअपेक्षा अनुरुप गर्न सकिएमा न्यायालयप्रति नागरिकको विश्वास अझै बढ्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
मुद्दाका पक्ष र विपक्ष भन्दा प्रमाणका आधारमा न्याय सम्पादन गर्दा त्रुटिरहित नभएको जनगुनासो रहेको चर्चा गर्दै वक्ताहरुले मुद्दाको अनुसन्धान गर्ने निकायबाट कमजोर भएर प्रमाण आउँदा न्याय सम्पादन त्रुटिरहित हुन नसकेको बताएका छन । र, यसको सम्पूर्ण अपजस सिङ्गो न्यायपालिका (अदालत) उपर पर्ने गरेको उनीहरुको कथन थियो ।
सप्तरी जिल्ला अदालत बार इकाई राजविराजका अध्यक्ष डोमन साहको अध्यक्षतामा आयोजित सो कार्यक्रममा मानव अधिकार जनसरोकार समितिका संयोजक तथा अधिवक्ता मीना देवले फौजदारी मुद्दा अन्तर्गत पीडितको टाउँकोमा सात वटा टाँका लागेको हुन्छ, तर डाक्टर सामान्य भनेर लेखेर दिदा पीडितले न्याय पाउन साह्रै मुस्किल हुने गरेको बताए ।
यस्तो अवस्थामा अदालतले प्रमाणको आधारमा न्याय सम्पादन गर्दा पीडकको पक्षमा हुने बढी संभावना रहन्छ, उनले भने, यदि पीडकको पक्षमा न्याय दियो भने अपजस न्यायालय र न्यायाधीश उपर लाग्छ ।
संबैधानिक सर्वोच्चता, मानवअधिकारको रक्षा, विधिको शासनको स्थापना, स्वतन्त्र, निष्पक्ष न्यायपालिका, नेपाल बार एशोसिएशनको प्रतिबद्धता मूल नाराका साथ आयोजित कार्यक्रममा जिल्ला न्यायाधीश चन्द्रमणी ज्ञावाली, जिल्ला बारका पूर्व अध्यक्षहरु कृपा नारायण यादव, रामप्रसाद चौधरी, रामकुमार यादव, सुरेन्द्रप्रसाद यादव, प्रादेशिक कानूनी सहायता अधिकृत किरणकुमारी साह, अधिवक्ताहरु उदितनारायण यादव, शम्भुप्रसाद यादव, मनु खनाल, लगायतले न्याय सम्पादन कार्य छिटो छरितो गरेर नागरिकमा भएको भ्रमलाई चिर्न आवश्यक रहेको बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार