पासपोर्ट थन्काएर युवाहरु कृषि उद्यममा !
नेपालबहस संवाददाता
पुस ११, २०७७ शनिबार १४:४८:३५
११ पुष, गलेश्वर । केही वर्षअघिसम्म गाउँघरमा रोजगारीको कुनै सम्भावना नदेखेर पैसा कमाउनका लागि अरबका मरुभूमिमा जाने युवाहरु पछिल्लो समयमा कृषि र उद्यमतर्फ आकर्षित भएका छन् । सरकारले कृषि र उद्यम गर्न चाहने युवाहरुलाई विभिन्न कार्यक्रममार्फत प्रोत्साहित गर्न थालेपछि उनीहरु आफ्नै खेतबारी र गाउँघरमा नै परिश्रम गर्न थालेका हुन् ।
सङ्घ, प्रदेश र स्थानीय सरकारले विदेशबाट फर्केका र स्वदेशमा नै रहेर केही काम गर्न चाहने युवाहरुका लागि सहयोग र अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरी युवाहरुलाई कृषि र उद्यमसँग जोडेपछि यहाँका युवाहरु राहदानी थन्काएर कृषि र उद्यमतर्फ लागेका छन् ।
स्थानीय तहमा गठित कृषि शाखाको पछिल्लो तथ्याङ्कअनुसार जिल्लाका छवटै स्थानीय तहका एक हजार ६०० भन्दा बढी युवाहरु नेपालमा कोरोना सङ्क्रमणका कारण गरिएको लकडाउन ९२०७६, चैत० यता व्यावसायिकरुपमा कृषि र उद्यमतर्फ लागेका छन् ।
करिब १८ वर्ष मलेसिया र खाडीका अन्य मुलुकमा बिताएर गाउँ फर्किनु भएका बेनी नगरपालिका–१ का यामबहादुर थापा, ५ वर्ष साउदी अरब बसेर फर्किनुभएका ज्यामरुककोटका हरि शर्मा, २० वर्ष मलेसियामा बस्नुभएका धु्रव थापा, मङ्गला गाउँपालिकाका महेन्द्र पौडेल, मालिकाका तुलबहादुर बुढालगायत कैयौँले अहिले गाउँमा नै लोभलाग्दो प्रगति गरिरहेका छन् ।
उनीहरुले शुरु गरेको व्यावसायिक तरकारी खेतीले अहिले उत्पादन दिन थालेको छ भने एक याममा तरकारी बेचेर मात्रै रु दुई लाखभन्दा बढी कमाई गर्न सफल भएका छन् । मालिका गाउँपालिका–५ देविस्थानका २७ वर्षीय युवा तमबहादुर फगामी गत माघमा युएईबाट तीन वर्षपछि गाउँमा फर्किए ।
तीन महिनाको छुट्टी लिएर गाउँमा आएका फगामीको छुट्टी नसकिँदै देशमा लकडाउन भयो । पुनः फर्किएर युएई जाने वातावरण भएन । त्यसपछि उहाँले गाउँपालिकाको अनुदानमा तरकारी खेती र पशुपालन शुरु गरे । अहिले उहाँले तरकारी बेचेर मात्रै करीब रु तीन लाख कमाई सकेका छन् भने बाख्रापालन पनि शुरु गरेका छन् ।
“विदेश नजाने भनेर मैले त पासपोर्ट पनि थन्काइसकेँ, जान्न विदेश । गर्न सक्ने हो भने गाउँमा नै छ प्रशस्त सम्भावना”, हँसिला र फुर्तिला फगामीले भनिन्, “खाडीलाई बाइबाई गरेर आफ्नै गाउँलाई हाइहाई गर्ने हो अब ।”
फगामीले मात्रै होइन बेनी नगरपालिका–२ का राजु कार्की, गोपाल शर्मा, गणेश घिमिरेलगायत लामो समयसम्म विदेश बसेर फर्केका युवाहरु पनि अहिले धमाधम कृषि, होटल व्यवसाय र पशुपालनतर्फ लागेका छन् ।
उनीहरु सबैले विदेश जाने सपना अब सधैँका लागि अन्त्य भएको र गाउँमा नै सञ्चालन गरेको उद्यमलाई निरन्तरता दिने बताए । कोरोना महामारीले गाउँघरमै र आफनो खेतबारीमा उत्पादनका कामहरु गर्ने क्रम बढाएको पनि छ ।
मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले युवाहरु कृषि र उद्यमसँग जोडिनु सकारात्मक भएको बताए । “पछिल्लो समय कृषि र उद्यमतर्फ युवा आकर्षण रहरलाग्दो देखिएको छ”, प्राविधिक बानियाँले भने, “पासपोर्ट थन्काएर कृषि र उद्यमतर्फ लागेका युवाहरुलाई सरकारले प्रोत्साहित गर्न सक्नुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआधुनिक प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार