पर्यटन पुनरोत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै भिटोफ
नेपालबहस संवाददाता
पुस ११, २०७७ शनिबार १६:५:२१
११ पुष, गण्डकी । गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकी प्रदेशले कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ आजदेखि चारदिने पर्यटन पुनरोत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कायक्रम शुरु गरेको छ ।
कोरोनाले थलिएको पर्यटनमा गतिविधि बढाउने सन्देश प्रवाह गर्दै पूर्ववत् अवस्थामा फर्काउने सोचका पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मीसहितको टोलीले कास्की, पर्वत र बाग्लुङ तीन जिल्लाका पर्यटकीय गाउँहरूमा सञ्चालित घरबासको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।
भ्रमणका क्रममा बागलुङको ढोरपाटनमा सञ्चालित घरबाससहित सोही जिल्लाको गलकोटस्थित रिघा सामुदायिक घरबास, ताराखोलास्थित शिवधुरी सामुदायिक घरबास, भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास, पर्वतको भुक देउराली सामुदायिक घरबास, लब्सिबोट सामुदायिक घरबास र कास्कीको हेम्जाकोट सामुदायिक घरबासमा पुगी सम्बद्ध सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिने छ ।
भ्रमण कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउनु अहिलेको आवश्यकता भएको बताए । गण्डकी प्रदेशको समृद्धिमा पर्यटन महत्वपूर्ण माध्यम भएको बताउँदै उहाँले पर्यटनको वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध भएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुुर भट्टराईले पर्यटन क्षेत्रलाई सबैको साथ सहयोगमा पुनः उत्थान गरिनु अहिलेको आवश्यकता भएको बताए । भिटोफ गण्डकी प्रदेशका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सूर्यनाथ पहारी र उदय सुवेदीले प्रवद्र्धनात्मक भ्रमणले थलिएको पर्यटनमा ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार