अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट जितेसँगै श्रृङ्खलामा भारतको बराबरी
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार १९:४६:४६
१४ पुष, एजेन्सी । भारतले अष्ट्रेलियासँगको दोस्रो टेस्ट क्रिकेट जितेको छ । पहिलो टेस्टमा अस्ट्रेलिया विजयी हुँदा दोस्रो टेस्ट भारतले ८ विकेटले नै जितेको हो ।
जितसँगै चार खेलको टेस्ट क्रिकेट श्रृङ्खला एक एकको बराबरीमा आएको छ । मेलवर्नमा अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै १९५ रन बनाएको थियो । जवाफमा भारतले पहिलो पारिमा ३२६ रन बनाउँदा १ सय ३१ रनको अग्रता लियो ।
पहिलो पारिमा भारतसँग १३१ रनले पछि परेको घरेलु टोली अस्ट्रेलियाले पनि दोस्रो पारिमा धेरै रन जोड्न सकेन । चौथो दिनको विहानी सत्रमै अस्ट्रेलिया २०० रन बनाएर आउट हुन पुग्यो । तेस्रो दिनको खेल सकिंदा २ रनको अग्रता लिएको अस्ट्रेलियाले आज थप ६७ रन मात्रै थप्दा अलआउट भएपछि भारतले ७० रनको झिनो लक्ष्य पाएको हो ।
अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले सर्वाधिक ४५ रन बनाउँदा म्याथ्यु वेडले ४० रनको योगदान गरेका थिए । २ रनको अग्रता लिएका बेला तेस्रो दिनको खेल सकिएको थियो भने टिमले ६७ रन जोड्दा बाँकी ४ विकेट पनि गुमाउन पुग्यो ।
मिचेल स्टार्स १४ रनमा नटआउट रहे । भारतका मोहम्मद सिराजले ३ विकेट लिँदा रविचन्द्र आश्विन, रविन्द्र जडेजा र जसप्रित बुमराहले दुई दुई विकेट लिए ।
७० रनको लक्ष्य पछ्याएको भारतको सुरुवात भने राम्रो रहेन । टिमको स्कोर १६ रन हुँदा मायंक अग्रवाल आउट हुन पुगे । उनी व्यक्तिगत ५ रनमा पभेलियन फर्किएका हुन् । त्यसपछि क्रिजमा आएका चेतेश्वर पुजाराले व्यक्तिगत तीन रन जोडेर आउट हुँदा भारतले १९ रनमा दोस्रो विकेट गुमाएको थियो ।
सुभमन गिल र कप्तान अजिंक्या रहाणेले भारतको पारि अघि बढाउँदै जित दिलाएका थिए । रहाणे २७ रनमा तथा सुभमन ३५ रनमा नआउट रहे । यी दुईका बीचमा तेस्रो विकेटका लागि ५१ रनको साझेदारी भयो । र भारतले २ विकेट गुमाएर ७० रन बना बनाउँदै ८ विकेटको जित दर्ता गर्यो । अस्ट्रेलियाका लागि मिचेल स्टार्स र पेट कमिन्सले एक एक विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्दै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार