चाणक्य नीति : यी चार काम सकेपछि नुहाउनु !
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार २१:३५:२६
२० पुष, एजेन्सी । बिहान उठेपछि प्रायजसो मानिसहरु फ्रेस हुनका लागि नुहाउने गर्छन् । तर चाणक्यले भने केही यस्ता अवस्थाहरु बताएका छन् कि त्यसपछि नुहाउन जरुरी हुन्छ । उनका अनुसार स्त्री होस् या पुरुष स्वास्थ्यका लागि त नुहाउनै पर्छ । चाणक्य नीतिका अनुसार यी चार काम सकेपछि नुहाउनुपर्छ ।
शवयात्राबाट फर्केपछि नुहाउनुपर्छ
चाणक्य नीतिका अनुसार मलामी गएर फर्केपछि पनि नुहाउनुपर्छ । किनकी घाट वरिपरी भएका किटाणुहरु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यदि ननुहाई बसेमा कपडा वा शरीरका अन्य भागमा किटाणुहरु हुनसक्छन्, जसले हाम्रो शरीरलाई असर गर्नसक्छ ।
तेल मालिस गरेपछि नुहाउनुपर्छ
चाणक्यले बताएअनुसार स्वस्थ शरीर र चमकदार छालाका लागि हप्तामा कम्तीमा एकपटक पुरा शरीरमा तेल मालिश गर्नुपर्छ । तेल मालिशपछि शरीरमा भएका रोम छिद्रहरु खुल्छन् र भित्रका विकार पदार्थहरु बाहिर निस्कन्छन् । यसकारण तेल मालिश गरेको केही समयपछि नै नुहाउनुपर्छ । तेल मालिशपश्चात ननुहाई बाहिर जानु अशुभ मानिन्छ ।
कपाल काटेपछि नुहाउनुपर्छ
चाणक्य नीतिका अनुसार कपाल काटेपछि नुहाउनुपर्छ । कपाल काटेपछि पुरै शरीरभरि कपालका स-साना टुक्राहरु झरेका हुन्छन् ।त्यसकारण कपाल काटेपछि नुहाउनु जरुरी मानिन्छ ।
शारीरिक सम्पर्क गरेपछि नुहाउनुपर्छ
स्त्री होस् या पुरुष यौनसम्पर्क गरेपछि नुहाउनु जरुरी मानिन्छ । किनकी उक्त समयमा महिला तथा पुरुष दुवै अपवित्र हुन्छन् । चाणक्य नीतिका अनुसार यदि कोही यौनसम्पर्कपछि पनि नुहाउँदैन भने ऊ कुनैपनि धार्मिक कामका लागि योग्य हुन सक्दैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार