सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार १४:५९:७
![](https://nepalbahas.prixacdn.net/media/albums/sandeep-lamichhane0us-visa_vK7VonZbCB.jpg)
२२ पुष, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ९पिएसएल० को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मंगलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर ९रु एक करोड ७२ लाख० देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर ‘रु दुई करोड ५५ लाख’ तोकिएको छ ।
पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी पर्नुभएको छ । एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउने प्रावधान छ ।
पिएसएलका लागि खेलाडी छनोट यही पुस २६ गते गरिनेछ । ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने छ टोलीले खेलाडीको चयन गर्नेछन् । यस वर्षको पिएसएल आगामी मार्चमा हुनेछ । लामिछानेले सन् २०१९ मा लाहोर टोलीमा अनुबन्ध भई पिएसएल खेलेका थिए । उनी हाल बिगबास लिग खेल्ने क्रममा अष्ट्रेलियामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकप जितेपछि द्रविडले भने: खेलाडीको रुपमा जित्न सकिन, प्रशिक्षक बनेर जिते
असार १६, २०८१ आइतबार
राशिद खान : शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
अदालतको निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन सकिएन : प्रहरी
असार १७, २०८१ सोमबार
कामपाले सुरु गर्यो स्थानीय पेयपदार्थको सम्भाव्यता अध्ययन
असार १७, २०८१ सोमबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार