चारैतिर बस्तीले घेरिएपछि असुरक्षित बन्दै काँक्रेविहारका जनावर
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार १४:२६:०
६ माघ, कर्णाली । सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला प¥यो । वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको जरायो तालमा फसेको सूचना पाउने बित्तिकै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले जीवित अवस्थामै उद्धार गर्न त सफल भयो तर जरायो बाँचेन । उपचारकै क्रममा सोमबार साँझ उक्त जरायोको मृत्यु भयो ।
पछिल्लो यो घटना मात्र होइन, काँक्रेविहार क्षेत्रका जरायोहरु मृत वा घाइते अवस्थामा भेटिनु सामान्यजस्तै बनेको छ । यस वर्ष वैशाखयता एक मृत र चार जरायो घाइते अवस्थामा फेला परिसकेका छन् । वीरेन्द्रनगर–९ लाटीकोइलीका स्थानीय केशव कोइरालाले दुर्लभ जनावर जरायो दैनिक आक्रमणमा परिरहँदा सम्बन्धित निकायले संरक्षणमा बेवास्ता गरेको आरोप लगाए । “काँक्रेविहारजस्तो संरक्षित वन क्षेत्रभित्रै जरायो, मृगलगायतका जनावर असुरक्षित बन्नुपर्ने अवस्थाप्रति सम्बन्धित निकायले कानमा तेल हालेर बसेका छन्”, उनले भने, “डिभिजन वन कार्यालयले यसको संरक्षणमा बेवास्ता गर्दा चोरी शिकारी बढ्यो, वन क्षेत्रमा पर्याप्त चरिचरनको व्यवस्था गरिएन ।”
एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहार नेपालकै पहिलो संरक्षित वन क्षेत्रमा पर्दछ । यहाँ जरायो, मृग, बँदेललगायतका दुर्लभ वन्यजन्तुको बसोवास छ । चारैतिर बस्तीले घेरिएको काँक्रेविहार वन क्षेत्रमा अचेल काठ तस्करदेखि वन्यजन्तुको शिकारी गर्नेहरुको नजर पर्ने गरेको स्थानीय बताउँछन् । स्थानीयवासीका अनुसार सङ्गठित भएर चोरी शिकारी गर्नेले कुकुरसम्म प्रयोग गरेर जरायोलाई मार्ने गरेको पाइएको छ । जरायो वन क्षेत्र बाहिर निस्किँदा शिकार गर्ने समूहको नियन्त्रणमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले वन क्षेत्रभित्र चरिचरनको कमी, खानेपानी नपाउनुजस्ता कारणले जरायो आफै बस्तीमा निस्कने गरेको बताए । “काँक्रेविहार वन क्षेत्रमा पानीका पोखरी छैनन्, पानी नपाउँदा प्यास मेट्न जनावर पानी खोज्दै बस्तीमा प्रवेश गर्छन्, त्यस्तो अवस्थामा स्थानीयवासीको आक्रमणमा पर्ने गरेको देखिएको छ”, उनले भने, “वन क्षेत्रमा क्षमताभन्दा बढी जनावर हुँदा चरिचरन क्षेत्रको कमी हुनपुग्यो, पानीपोखरी नहुँदा वन क्षेत्र बाहिर निस्कनुपर्ने बाध्यता आएको हो ।”
लाटीकोइलीका युवाहरुले गत साउनमा व्यक्तिगत लगानीमा वन्यजन्तुको चरिचरनका लागि घाँस रोपेका थिए । स्थानीयवासी लालबहादुर चौधरीले चरिचरन क्षेत्र बढाउनुपर्ने, पोखरीको व्यवस्था गनुपर्ने, आसपासमा वनरक्षकले गस्ती बढाउनुपर्ने बताए । साथै वन कार्यालयले पनि काँक्रेविहार संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।
काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाका लागि प्रहरीको अस्थायी बिट र वन कार्यालयको आरक्ष केन्द्र स्थापना भए पनि वन्यजन्तु सुरक्षित हुनसकेका छैनन् । डिभिजन वन कार्यालयले भने नियमित गस्ती गर्नुका साथै घाइते जनावरका उद्धार तथा उपचारमा कुनै कमी हुन नदिएको दाबी गरेको छ । कार्यालयले पानीपोखरी निर्माण, तारबारलगायतका योजना अघि बढाउने कार्यक्रम रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार