वर्ल्डलिंकद्वारा नेपालका सबै प्रदेशमा विश्वस्तरीय इन्टरनेट डाटासेन्टर निर्माण गर्ने
नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार २२:१५:५६
१५ माघ, काठमाडाैं । विश्वव्यापी रुपमा इन्टरनेट ट्राफिक अभूतपूर्व तवरले बृद्धि भइरहेको छ । जसले गर्दा इन्टरनेटको पूर्वाधारमा दबाव र प्रयोगकर्तालाई प्राप्त हुने इन्टरनेटको अनुभव र गति बिग्रिदै गएको छ । गुणस्तरिय किसिमको इन्टरनेट प्रयोगका लागि यहाँनै सकेसम्म प्रयोगकर्ताहरूको नजिक स्थानीय रूपमै सर्भरहरू हुनु आवश्यक हुन्छ, जसले इन्टरनेट सामग्रीहरुलाई प्रयोगकर्ताहरूको लागि भण्डार गर्दछ ।
नेपालले इन्टरनेट ट्राफिकमा पनि डिजिटल सेवाहरूको उपयोगमा उल्लेखनिय बृद्धि हुने सम्भावना देखिरहेको छ । यसबाहेक सरकारले डिजिटल नेपाललाई नेपाल सरकारको राष्ट्रीय गौरव परियोजनाको रूपमा पनि घोषणा गरेको छ, त्यसैले अब दुरसंचार पूर्वाधार, नेटवर्क र विकसित प्रबिधिको ठूलो आवश्यकता पर्नेछ ।
सरकार र निजी क्षेत्रका संस्थाहरूले छिटो उच्च प्रबिधि यूक्त डिजिटल प्रबिधिहरूसँग अनुकूल बनाउनुपर्ने हुन्छ र साथै क्लाउडमा आधारित सेवाहरुमा समेत छिटो भन्दा छिटो अघि बढ्नु पर्नेछ । यस आवश्यकतालाई पूरा गर्न नेपाल भित्र एक सुरक्षित र भरपर्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त तथा सुबिधा भएको डाटासेन्टर हुनु हालको समयको आवश्यकता रहेको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले बताएकाे छ ।
डिजिटल नेपाल निर्माण गर्न सरकारको उद्देश्य लाई पछ्याउँदै, नेपालको सबैभन्दा ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ ठूला शहरहरूमा इन्टरनेट डाटासेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ । यी डाटासेन्टरहरु नेपालका हरेक प्रदेशमा कम्तिमा एउटा डाटासेन्टर रहने गरी स्थापना गर्ने निर्णय गरिएको वर्ल्डलिंककाे दावी छ ।
१४ डाटसेन्टरहरू मध्ये काठमाडौंको डाटासेन्टर सबैभन्दा ठूलो, अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुनेछ भने अन्य बाँकी डाटासेंटरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुने वर्ल्डलिंकले जनाएकाे छ । यी डाटा सेन्टरहरू तटस्थ र सहप्रयोग सुविधायुक्त हनेछन् । यसको अर्थ यो सुविधाले वर्ल्डलिंकको पूर्वाधार मात्र व्यस्थापन गर्दैन कि अन्य इन्टरनेटसेवा प्रदायकहरू, टेलिकमहरु लगायत सरकारी , निजी संस्थाहरू र सम्पूर्ण देशलाई लाई चाहिने सूचना प्रबिधि , दुरसंचार पूर्वाधारको व्यवस्थापन गर्नेछ ।
आगामी ३ बर्षमा वर्ल्डलिंकले डाटासेन्टर निर्माण गर्न करिब तिन सय करोडको लगानी गर्ने जनाएकाे छ। यसको उद्देश्य ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा दिन साथै डिजिटल नेपाल निर्माण गर्न सहयोग गर्नु रहेकाे वर्ल्डलिंककाे भनाइ छ । यी इन्टरनेट डाटासेन्टरहरूको सुविधाले गर्दा सबै प्रयोगकर्ताहरुले इन्टरनेट सामग्रीहरु छिटो, सस्तो र अधिक विश्वसनीय स्तरको पाउने वर्ल्डलिंककाे दावी छ ।
यहाँसम्म कि सरकारी र निजी संस्थाहरूले उनीहरूको आफ्नो डिजिटल र क्लाउडमा आधारित पूर्वाधारहरु संचालन गर्न एउटा धेरै नै सुरक्षित र भरपर्दो विश्वस्तरीय सुविधा प्राप्त गर्नेछन । वर्ल्डलिंकले डाटासेन्टर निर्माणमा नेपाल दुरसंचार प्राधिकरण, नेपाल बिधुत प्राधिकरण तथा नेपाल सरकार संग सहकार्य गर्ने छ र यो पूर्वाधार डिजिटल नेपालकै अति महत्वपूर्ण पूर्वाधार को रुपमा स्थापित हुने विश्वास वर्ल्डलिंककाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार