दुवै विभागीय टोलीकाे शनिबार त्रिवि क्रिकेट मैदानमा भेट पक्का
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार १६:३८:६
१६ माघ, काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका हुन् ।
बिहीबार कीर्तिपुर खेल मैदानमा आर्मीले वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनायो । आर्मीले पाँच रन छँदा दुई विकेट गुमाएको थियो । हरि चौहान तीन रनमा तथा रोहितकुमार पौडेल बिनारन पेभेलियन फर्किए । अनिल मण्डल पनि दुई रनमा पेभेलियन फर्किए ।
आर्मीले १७ रनमा तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि भीम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गरे। बमले २३ तथा सार्कीले ४० रन बनाउनुभयो । कप्तान विनोद भण्डारीले १०, राजेश पुलामीले ६५, विक्रम शोबले ३५ तथा सुसन भारीले १६ रनको योगदान दिनुभयो । बलिङतर्फ वाग्मतीका गौतम केसी एक्लैले पाँच विकेट लिए।
दुई सय ३० रनको विजयी लक्ष्य पछ्याएको वाग्मतीले ४० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । वाग्मतीले १८ रन बनाउँदा पाँच विकेट गुमाएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र विपीन आचार्यले ५८ रनको साझेदारी निभाए । आचार्यले २३ तथा मल्लले ४७ रन बनाए । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले चार तथा विक्रम शोब र सुसन भारीले तीन–तीन विकेट लिए । आर्मी लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । उपाधि विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्दै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार