नुवाकोट चेम्वर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २३:३७:४९
१६ माघ, काठमाडौं । नुवाकोट चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजेश काजी श्रेष्ठले उपस्थितिमा दोस्रो साधारण सभा सम्पन्न भएको हो ।
मुलुक संघीयतामा गएसँगै चेम्बरको सञ्जाल पनि उद्यम व्यवशायको विकास र नीतिगत वहश पैरवी , व्यावसायीको हक हितमा संलग्न रहनु पर्ने भएकाले प्रदेश, जिल्ला र नगरमा समेत जिल्ला चेम्बर अफ कमर्सको विस्तार गरिएको अध्यक्ष श्रेष्ठ बताए । उनले चेम्बरको इतिहास व्यवसायीहरुको हक हितका साथै सामाजिक सेवामा पनि चेम्बर सक्रिय रहेको बताए ।
नुवाकोटको स्थानिय उत्पादनलाइ बढाइ निर्यातलाई प्राथमिकता दिनुपर्ने र ऐतिहाशिक स्थलहरुलाइ पर्यटकीय गन्तव्य स्थलको रुपमा बिस्तार गर्न पर्ने बताए ।
सो अवसरमा सभापतिको आशनबाट नुवाकोट चेम्वर अफ कमर्सका अध्यक्ष कबिन्द्रमान प्रधानले नुवाकोट चेम्बरले यस क्षेत्रका उद्यमी/व्यवसायीको समस्या समाधान गर्ने संस्थाको रुपमा कार्य गर्ने बताए । आमन्त्रित सहभागीहरुलाइ स्वागत गदै यस क्षेत्रको पर्यटकीय कृषि तथा जडीवुटीको संभावनालाइ दृष्टिगत गरी यसलाइ नुवाकोटको आर्थिक गतिबिधि चलायमान बनाउन चेम्वर अग्रसर हुने उनले बताए ।
सो कार्यक्रममा कार्यक्रमका बिशिष्ट अतिथि प्रदेश नं. ३ चेम्वर अफ कमर्सका अध्यक्ष कृष्णमान श्रेष्ठ, उपभोक्ता मंचका जिल्ला अध्यक्ष इन्द्र वहादुर पण्डित, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष गिता अमात्य तथा रेडिमेड कपडा व्यापार संघका संजीव श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिय ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार