प्रधानमन्त्री कपको उपाधि त्रिभुवन आर्मी क्लबको पोल्टामा
नेपालबहस संवाददाता
माघ १७, २०७७ आइतबार ३:३८:४७
१७ माघ, काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको उपाधि जितेको छ । आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३४ रनले हराउँदै पहिलो पटक उपाधि चुमेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै २११ रन बनायो । २१२ रनको विजय लक्ष्य पछ्याउने क्रममा एपीएफले ४१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७८ रन मात्र बनायो ।
आर्मीले आजको खेलमा अनिल मण्डल र सुशन भारीलाई प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदानमा पठाएको थियो । पहिलो विकेटका लागि दुवै जनाले ३२ रनको साझेदारी गरेका थिए । भारीले १३ तथा मण्डलले ११ रन बनाए । आर्मीका लागि भीम सार्कीले सात, रोहित पौडेलले १३, कप्तान विनोद भण्डारीले सात हरि चौहानले ५८, लोकेश बलमे १५ तथा साहब आलमले २५ रनको योगदान दिए ।
बलिङतर्फ अभिनाश बोहोराले चार तथा किशोर महतोले दुई विकेट लिनुभयो । जवाफी ब्याटिङ गर्ने क्रममा एपीएफका लागि आशिफ शेखले ६१, शंकर रानाले २१, सुवास खकुरेलले १४, सुमित महर्जनले १९ तथा सन्दीप जोराले २९ रन बनाए । बलिङतर्फ आर्मीका लागि विक्रम सोब, जितेन्द्र मुखिया र साहब आलमले तीन तीन विकेट लिए। एपीएफको कप्तानी शरद भेषवाकरले तथा आर्मीको नेतृत्व विनोद भण्डारीले गरेका थिए ।
एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ मै रहेका दुवै टोली अन्ततः फाइनल प्रवेश गर्न सफल भएका थिए । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ ‘क्यान’ को आयोजनामा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु १० लाख तथा उप विजेताले रु पाँच लाख पुरस्कार प्राप्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्दै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार