कर्णाली प्रदेशद्धारा ९७ आयोजना निर्माण शुरु
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १७:२६:५९
२७ माघ,सुर्खेत । पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रु ९२ करोड ३७ लाख बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण गरेको छ ।
प्रदेशको सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ मोटरेबल पुल र दुई झोलुङ्गे पुल निर्माण गर्न थालिएको पूर्वाधार निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।
आगामी असार मसान्तभित्र सुर्खेत जिल्लामा ३२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य प्रदेशले लिएको छ । अहिले जाडो समयमा कालोपत्रे गर्न नमिल्ने भएकाले आगामी फागुनदेखि धमाधम काम हुने बताइएको छ ।
चालु आव २०७७÷०७८ भित्रै ५० किमी नयाँ साधारण मार्ग खोलिने र जनता आवास कार्यक्रमअन्तर्गत ५०० घर निर्माण हुनेछन् । निर्देशनालयले निर्देशित कार्यतालिकानुसार काम अघि बढेको जनाउँदै लक्ष्यबमोजिम आयोजना सम्पन्न हुने जिकिर गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार