यती एयरलाइन्सले जहाज थपेर उडान गर्दै
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार २१:४२:२९
२७ माघ,काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्राएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो ।
यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौँ आइपुग्नेछ । योसहित यतीसँग छ थान एटिआर जहाज हुनेछन् । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीपछि खुलेको आन्तरिक उडानमा यतीले तीन एटिआर जहाजमार्फत आन्तरिक उडान गरिरहेको थियो । आगामी मार्चदेखि यतीले हाल भएका पाँचवटै एटिआर जहाज उडाउनेछ । थपिएको एटिआरले पनि छिट्टै उडान भर्ने कम्पनीले जनाएको छ ।
जहाज थपिएपछि मार्च महिनाबाट पूर्ण क्षमताका साथ आन्तरिक उडान हुने यती एयरलाइन्सले बताएको छ । यतीले हाल नौ गन्तव्यमा उडान भर्दै आएको छ ।
त्यस्तै एयरलाइन्सले प्रेमदिवस ‘भ्यलेन्टाइन डे’ फेब्रुअरी १४ लाई मध्यनजर गर्दै पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ मा विशेष अफर सार्वजनिक गरेको छ । पर्वतीय उडानमा जाने यात्रुलाई विमानस्थलदेखि घरसम्म बससेवा उपलब्ध गराइनेछ । टिकट भने पुरानै मूल्य अथार्त रु आठ हजार ८४८ तोकिएको छ । अफर अन्तर्गत पर्वतीय उडानका यात्रुलाई प्रेम उपहारका साथै आठ जिबी डेटा तथा रु एक हजार क्यास बराबरको स्मार्ट टेलिकमको सीमकार्ड दिइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार