समयमै निर्माणकार्य सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीलाई ३ करोड जरिवाना, कुनलाई कति ?
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार २०:५९:४५
२९ माघ, काठमाडौं । सम्झौतानुरुप निर्माणकार्य सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीले एक/एक करोडका दरले तीन करोड जरिवाना बुझाएका छन् । सन्तोषी निर्माण सेवा प्रालि, वाइपी कन्स्ट्रक्शन र स्वच्छन्दामना जेभीले सम्झौताको १० प्रतिशतका दरले उक्त जरिवाना बुझाएका हुन् ।
पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि केही समयअघि भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव रामचन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आगामी चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो ।
क्त अवधिभित्र सन्तोषजनक तरिकाले काम नगरेको पाइएमा कालोसूचीका लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाइने पूर्वाधार विकास कार्यालयका ओमराज ढुङ्गानाले जानकारी दिए ।
कृष्णमार्ग निमार्णको लागि चार करोड, सिन्धुमार्गका लागि तीन करोड र श्रृगपथमार्गका लागि दुई करोड बजेट विनियोजन गरिएको थियो । उक्त मार्गअन्तर्गत विकास निर्माण भए पनि सम्पन्न गर्ने काम नभएकाले सम्पन्न गर्न ताकेता दिँदै आइएको उनले बताए ।
श्रृगपथमार्गको फागुन १५, कृष्णमार्गको फागुन मसान्तसम्म र सिन्धुमार्गको चैत मसान्तभित्र योजना सम्पन्न गर्ने गरी निर्देशन दिइएको छ । उउनले भने, “उक्त अवधिभित्र योजना सम्पन्न नगरे कालोसूचीका लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाइनेछ ।”
विश्व बैंकको सहयोगमा सञ्चालित उक्त योजना समयमा सम्पन्न नहुँदा प्रदेशमा हस्तान्तरण भई प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले काम गर्न कठिनाइ भएको उनले बताए ।
उक्त तीनवटा निर्माण कम्पनीको कार्यले टाउको दुखाइको विषय बनेको छ । उनले भने, “प्रदेश र केन्द्रबाट कति प्रतिशत काम सम्पन्न भयो भनेर बारम्बर सोधनी हुन्छ, जवाफ दिनै गाह्रो भएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार