एफएनसीसीआईद्वारा उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन माग
नेपालबहस संवाददाता
माघ ३०, २०७७ शुक्रबार १६:३३:३६
३० माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कोरोनाका कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकालाई आग्रह गरेको छ ।
महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालसहित समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेट गरी सो माग गरेको हो ।
भेटवार्तामा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि पाँच हजार डोज खोप उपलब्ध गराउन अनुरोध गर्दै भने, “कोरोनाका कारण निजी क्षेत्र पनि आक्रान्त भइरहेकाले महासङ्घसँग आबद्ध जिल्ला नगर, वस्तुगत तथा एशोसिएट्स सदस्यका लागि सरकारले तत्कालै पाँच हजार डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्छ ।”
सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिनसमेत माग गरे । विशेषगरी एउटा निकायको सहमतिमा व्यवसायीले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन आग्रह गरियो ।
यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबीच एकरुपकता ल्याउन सो अवसरमा आग्रह गरियो । मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको प्राथमिकताका क्रममा दिन शुरु गरिएकाले दोस्रो चरणको खोप आयातपछि उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखिने बताए । साथै मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक आश्वासन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार