महोत्तरीमा बढ्यो यौन हिंसाको घटना
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार २१:१४:१७
६ फागुन,जलेश्वर । विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अनुसार आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१ वटा यौनहिंसाका घटना घटेका हुन् ।
महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले सो अवधिमा ३१ जबर्जस्ती करणी र १० जबर्जस्ती करणी प्रयासका घटना गरी जम्मा ४१ यौनहिंसाका घटना घटेको बताएका छन् । उनका अनुसार जबर्जस्ती करणीमा ४५ जना संलग्न छन् भने १० जबर्जस्ती करणी उद्योगमा १३ जना संलग्न छन् । यसरी जम्मा ५८ जनाले ४१ यौनहिंसाका घटना घटाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जबर्जस्ती करणीको घटनामा संलग्न ४५ मध्ये २२ जनालाई र जबर्जस्ती करणी उद्योगका घटनामा संलग्न १३ मध्ये आठ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ । दुवैथरीका घटनामा २८ प्रतिवादी अझै फरार रहेका तथा उनीहरुको खोजतलास भइरहेको प्रहरी उपरीक्षक केसीले बताएका छन् । यौनहिंसामा पर्ने अधिकांश महिला तथा युवायुवती २० वर्ष मुनिका र कोही कोही २४ वर्षसम्मको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यौनहिंसाका घटना घर, डेरा, होटल, टोल छिमेक, वन सबैतिर भएको तथ्याङ्कले देखाएको छ । यस सन्दर्भमा महिला अधिकारकर्मी रेखा झाले विगत केही दिनदेखि जिल्लामा अप्रत्याशित रुपमा यौनहिंसाका घटना बढ्दै गइरहेको बताएकी छिन् । जिल्लामा दिनानुदिन यौनहिंसाका घटना बढ्दै जानुमा विभिन्न कारण रहेको बताउँदै उनले यौनहिंसाजस्ता गतिविधिमा लागेका युवा तथा पुरुषलाई कडाभन्दा कडा कानूनी कारवाही गर्नुपर्ने माग गरेकी छिन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहयोगी रञ्जु बरालले आधुनिकताको नाउँमा भड्किलो पहिरन, अश्लिल गीत, आवश्यकताभन्दा बढी खुलापन र सीमा नाघेर गरिएको मानवता विपरितका क्रियाकलाप यौनहिंसाका कारक तत्व रहेको भन्दै यस्ता घटनामा संलग्न जो कोहीलाई पनि कडाभन्दा कडा कारवाही हुनुपर्ने बताएकी छिन् । उनले यस्ता घटनामा संलग्न व्यक्तिलाई प्रहरी, प्रशासन तथा न्यायिक निकायका साथै समाजले पनि बिना पूर्वाग्रह शून्य सहनशीलता अपनाइ दण्ड र सजायको भागिदार बनाइनुपर्नेमा जोड दिएकी छिन् ।
कोभिड –१९ को सन्त्राससँंगै सरकारले घोषणा गरेको लकडाउनको समय पनि महिला हिंसाका घटनामा वृद्धि भएको छ । यसबीचमा महिला घरेलु यौन हिंसाको समेत शिकार भएका छन् । लकडाउनले घर बाहिर निस्कने अवस्था नहुँदा हिंसा सहेर बसेको सरोकार पक्षको भनाइ छ ।
घटना प्रशस्त भए पनि जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको महिला तथा बालबालिका सेलमा भने उजुरी थोरै परेका छन् । उजुरी गर्नेहरु पनि सदरमुकाम आसपासका पीडित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लकडाउनका कारण घर बाहिर निस्कन सक्ने अवस्था नभएकाले कतिपय महिला हिंसा लुकाउन बाध्य भएको पाईन्छ ।
सामान्य भन्दा यस्तो अवस्थामा हिंसाका घटना बढी मात्रामा हुने र शारीरिक श्रम नगरेर घरमै बसिरहँदा आपराधिक मानसिकता भएकाहरुले यस्तो बेला हिंसाका घटना गराउने गरेको प्रहरी उपरीक्षक केसीको भनाइ छ । उनका अनुसार जस्तोसुकै अवस्थामा पनि प्रहरी यस्ता घटना नियन्त्रणका लागि सजग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार