रातो ग्रह छुनुअघिका केही अद्भुत तस्बिरहरू पृथ्वी आइपुगे
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार २०:४९:४५
९ फागुन, एजेन्सी । अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाकाे मंगलग्रहबाट उसको पर्सिभिअरन्स रोभरले पठाएको एउटा अद्भुत तस्बिर सार्वजनिक गरेको छ। बिहीवार खिचिएको उक्त तस्बिरमा मोटर गाडीझैँ देखिने रोबट अवतरणका लागि मंगल सतहमा झर्दै गरेको देखिन्छ। उक्त तस्बिर रोबटलाई झुलाउँदै सतहमा राख्ने रकेट क्रेडलले पठाएको हो।
मंगलबार भिअरन्सले आफूसँग ठूलो परिमाणमा विवरणहरू संकलन गरेको छ, जुन उसले क्रमैसँग पृथ्वीमा पठाउनेछ। अन्य तस्बिरहरूमध्ये एउटा भूउपग्रहबाट खिचिएको छ जसले प्यारासुटमार्फत् अवतरणको अवस्था देखाउने बीबीसी समाचारमा उल्लेख गरिएको छ ।
यसले प्रविधिको अद्भुत सफलता देखाउँछ किनकि ‘द मार्स रिकनेसन्स अर्बिटर; नामको भूउपग्रह तस्बिर खिच्ने बेला पर्सिभिअरन्सभन्दा झण्डै ७ सय किलोमिटर पर थियो। त्यो प्रतिसेकेन्ड ३ किलोमिटरका दरले मंगल ग्रहलाई घुमिरहेको थियो।
माथिको यो तस्बिर रोभरले मंगल ग्रहको सतह छुनुभन्दा झण्डै दुई मिटरजति माथिबाट खिचिएको हो। इञ्जिनियरहरूले पर्सिभिअरन्सको अवस्था राम्रो रहेको विवरण आफूहरूले पाएको बताएको समाचारमा उल्लेख गरिएको छ ।
पर्सिभिअरन्स रोभर जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको हो। जहाँ अर्बौ वर्षअघि एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ।
जेजेरो क्रेटरको विस्तृत तस्बिरहरू भने अर्को साता आउनेछ जतिखेर पर्सिभिअरन्सले आफ्नो बाटो पहिल्याउने उपकरण ठड्याउने छ जसमा मुख्य वैज्ञानिक क्यामेराहरू राखिएका छन्। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ।
छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो। नासाले आउँदा केही दिनमा थप विवरणहरू सार्वजनिक गर्ने वाचा गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनासाको आर्टेमिस-३ मिसन, अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण शुरु
जेठ ५, २०८१ शनिबार
सोलार म्याक्सीमा : सूर्यमा हलचल, पृथ्वीमा खलबल
जेठ २, २०८१ बुधबार
आईआईटी मद्रासको स्टार्ट-अपले ‘इलेक्ट्रिक फ्लाइङ ट्याक्सी’
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार