मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गरिदै
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार २१:३०:२८
१२ फागुन,मकवानपुर । हेटौँडा उपमहापालिका–१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रलाई यही फागुन १४ गते शिलान्यास गर्ने कार्यक्रम रहेको हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ । नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो ।
मयूरधापको करीब २०० बिघा क्षेत्रफलको सरकारी जग्गामा सङ्घीय सरकारले मयूरधाप औद्योगिक क्षेत्रलाई छुट्याइएको थियो । मयूरधाप औद्योगिक क्षेत्रभित्र २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालयको स्थापना गरिएको बताइएको छ । औद्योगिक क्षेत्रको परिसरमा ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ । छुट्याइएको सो प्रत्येक प्लटमा क्रमशः ७ देखि १४ रोपनीसम्मको जग्गालाई विभाजन गरिएको बताइएको छ ।
यसैगरी सो औद्योगिक क्षेत्रमा सङ्घीय सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २५० रोपनी जग्गा उपलब्ध गराइसकिएको पनि हेटौँडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले बताए । उनका अनुसार उल्लिखित विस्तृत अध्ययन प्रतिवेदन९डिपिआर०अनुसारको पूर्वाधार निर्माणका लागि करीब रु सात अर्ब दुई करोड ३४ लाख रकम सरकारको लगानी हुने भएको जानकारी दिएका छन् । मयूरधाप औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करीब २० हजारले रोजगारीको अवसर प्राप्त गर्ने भएको बताइएको छ ।
सङ्घीय सरकारद्वारा हालै सरकारी जग्गा यस औद्योगिक क्षेत्रको नाममा दर्ता गरेर लालपुर्जा तयार गरी जग्गाको स्वामित्व पनि हस्तान्तरण गरिसकिएको र सो जग्गाको चारैतर्फ कम्पाउन्डले घेरिएको हेटौँडा औद्योगिक क्षेत्रका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले बताएका छन् । हेटौँडा बजारबाट दक्षिणतर्फ रहेको मयूरधाप औद्योगिक क्षेत्र करीब पाँच किलोमिटर टाढा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार