नवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच आर्थिक अभिवृद्धि बारे छलफल
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार १६:१६:२९
१३ फागुन, काठमाडौं । संयुक्त अधिराज्यका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मी र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल भएको छ ।
राजदूत रेग्मी र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु बीच चेम्वर भवनमा बुधबार भएको छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नवनियुक्त राजदूत रेग्मीको सफल कार्यकालको कामना गर्दै नेपाल र संयुक्त अधिराज्य बीच कुटनीतिक सम्वन्ध स्थापनाको द्धिशतवार्षिकी भइ सकेता पनि दुई मुलुक वीचको व्यापार तथा लगानी अपेक्षा गरे अनुरुप नभएको बताए ।
दुबै देश बीचमा आर्थिक संम्बन्ध अभिवृद्धि गर्नको लागी निजी क्षेत्र बीचको सम्वन्धलाई बढाउनु पर्ने, द्धिपक्षीय व्यापार प्रतिनिधि मण्डलको भ्रमण आदान प्रदान बढाउनुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष श्रेष्ठले विश्व अर्थतन्त्रमा संयुक्त अधिराज्यको बित्तीय क्षेत्रको साख उच्च तहको रहेकोले नेपालमा वैकिङ क्षेत्रको लगानी भित्र्याउन, नेपालबाट अर्गानिक वस्तुको निर्यात बजार बिस्तारको लागि पहल गरिदिन र पर्यटन प्रवद्र्धनका लागि सोझै हवाइ सम्पर्क कायम गराउने तर्फ पनि प्रयास गरी दिन आग्रह समेत गरे ।
भेटका अवसरमा नवनियुक्त राजदूत रेग्मीले संयुक्त अधिराज्य बित्तीय हव भएकोले बिश्व अर्थ जगतमा यसको विश्वसनियता रहेको औल्याउदै संभव भएसम्म नेपालमै शाखा कार्यालय स्थापना गराउने वा प्रतिनिधि कार्यालय स्थापना गराउन पहल गर्ने र यसबाट नेपालमा लगानीको लागि अनुकुल बातावरण सृजना हुने बताए ।
संयुक्त अधिराज्यले एसियाली बजारलाइ महत्वका साथ हेरिरहेकोले पाइएको धारणा राख्दै फाइदा लिनुपर्ने पनि रेग्मीले उल्लेख गरे । संयुक्त अधिराज्य र नेपाल बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न प्रबिधि हस्तान्तरण गर्ने र ठूला उद्योगमा लगानी भित्र्याउन वीटुवी तहमा सम्वन्ध बिस्तारका लागि प्रयास गर्ने प्रतिवद्धता व्यक्त समेत गरे । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार