पितृसत्तात्मक सोच हटाउन सक्दा मात्र महिला दिवसले सार्थकता पाउँछः मुख्यमन्त्री पौडेल
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार १७:४०:२०
२४ फागुन, वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पितृसत्तात्मक सोच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउने बताएको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सकारात्मक प्रबन्ध गरेको उल्लेख गरे ।
“प्रत्येक वर्ष मार्च ८ गते विश्वभर लैङ्गिक समानता, महिला हकहित र अधिकारमा जोड दिँदै मनाउने गरिएको अन्तरराष्ट्रिय महिला दिवसको सम्पूर्ण दिदीबहिनीमा हार्दिक शुभकामना ब्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेको छ । यस वर्ष १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सकारात्मक प्रबन्ध गरेको छ । यसैका कारण राष्ट्रपतिको गरिमामय जिम्मेवारीदेखि सङ्घ, प्रदेश एवं स्थानीय सरकारसम्म महिलाको उल्लेखनीय प्रतिनिधित्व सम्भव भएको शुभकामना सन्देशमा उल्लेख छ ।
शुभकामना सन्देशमा भनिएको छ “आधा हिस्सा जनसङ्ख्या आगटेका महिलाको नीति निर्माणको तहमा बलियो उपस्थिति भए तापनि संविधान र कानूनमा उल्लेखित प्रबन्धको व्यावहारिक कार्यान्वयनका लागि थप पहलकदमीको आवश्यकता छ । विगतदेखि नै जरा गाढेर बसेको पितृसत्तात्मक सोंच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउन सक्दछ । यसका लागि प्रदेश सरकार ठोस नीति र कार्यक्रमसहित अघि बढेको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा सरकारको यस अभियानमा सम्पूर्ण महिला दिदीबहिनी एवं सरोकारवाला निकायको साथ र सहयोगको अपेक्षासहित पुनःहार्दिक शुभकामना व्यक्त गर्दछु”,
लैङ्गिक समानताका विषयमा अझै समस्या व्याप्त
वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङले महिला अधिकार र लैङ्गिक समानताका विषयमा अझै समस्या ब्याप्त रहेकामा चिन्ता व्यक्त गरेको छ ।
अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले लैङ्गिक विभेद, बलात्कार र बेचबिखन जस्ता मानव सभ्यताकै कलङ्कबाट मुक्त हुन नसक्नु दुःखद् कुरा भएको उल्लेख गरे । सोही अवसरमा हेटौँडामा ¥यालीसहित चेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन कारागारका ६० जना कैदीबन्दी स्थानान्तरण
जेठ ९, २०८१ बुधबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ११, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठकबाट आज नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार