एलपिएल : काठमाडौंको हिमालयन ह्वाइट हाउस सेमिफाइनलमा
नेपालबहस संवाददाता
फागुन २५, २०७७ बुधबार २:१३:२०
२५ फागुन, कैलाली । धनगढीमा जारी लिटरफ्लावर प्रिमियर लिग ‘एलपीएल’ विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा काठमाडौँको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा काठमाडौंकै नेक्सस स्कुललाई चार विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै १०४ रन बनायो । उसका लागि उत्तम थापाले ३२ रन बनाए । बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले पाच विकेट लिए । एक सय ५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा छ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ह्वाइट हाउसको जीतमा दीपक बोहराले अविजित रहँदै ४३ रन बनाए ।
नेक्ससका पप्पु रायले तीन विकेट लिए । खेलको म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । योसँगै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने तीन टिमको टुङ्गो लागेको छ । यसअघि बाल बाटिका र लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।
यस्तै आजै भएको अर्को खेलमा कञ्चनपुरको शारदा सरस्वतीले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले हराएको हो । शारदाले दिएको ११७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४ ओभर तीन बलमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो । स्टेपिङका लागि विशाल बिष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन छुन सकेनन् ।
स्टेपिङलाई सस्तैमा समेट्न शारदाका लागि विकास सुनार र गणेश बहादुरले समान चार÷चार विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा नौ विकेट गुमाएर ११६ रन जोडेको थियो । शारदाका लागि सुदिप रोकायाले ३४ रन जोडे । उनले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिएका थिए ।
त्यस्तै सागर चन्दले २६ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ स्टेपिङका लागि अभिषेक कुँवर, रोमन बिष्ट र प्रवेश साउँदले समान दुई÷दुई विकेट लिए । अब शारदा सरस्वतीले आफ्नो तेस्रो खेलमा भोलि अत्तरियाको होलिल्याण्डसँग खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
एनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप,२० भन्दा बढी प्रहरी घाइते
मंसिर १९, २०८१ बुधबार
दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
मंसिर १९, २०८१ बुधबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार