गर्भवतीका लागि मोबाइल स्वास्थ्य शुभकामना कार्यक्रम
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार २१:२१:१३
२६ फागुन,भोजपुर । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत भोजपुरका नौओटा स्थानीय तहमा गर्भवतीका लागि मोबाइल स्वास्थ्य शुभकामना कार्यक्रम शुरु गरिने भएको छ । करुणा फाउण्डेशन नेपाल, प्रदेश सरकार र स्थानीय तहको सहकार्य तथा मेडिक मोबाइलको प्राविधिक सहयोगमा ‘मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य शुभकामना कार्यक्रम सञ्चालन हुने भएको हो ।
कार्यक्रम सञ्चालनका लागि गर्भवतीसमक्ष जानकारी प्रदान गर्न मोबाइल सफ्टवेयर सञ्चालनसम्बन्धी स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षक–प्रशिक्षण कार्यक्रम पनि शुरु भएको छ । प्रत्येक पालिकाका लागि छुट्टाछुट्टै सञ्चालन हुने प्रशिक्षणअन्तर्गत पहिलो चरणमा पौवादुङ्मा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई तीनदिने तालीम दिइएको छ । तालीममा मोबाइल प्रविधिको प्रयोगका बारेमा स्वास्थ्यकर्मीलाई प्रशिक्षण गराइएको फाउण्डेशनको जिल्ला कार्यक्रम प्रमुख राजेन्द्र पराजुलीले जानकारी दिए । स्वास्थ्यकर्मीहरुले प्रशिक्षणपश्चात् आफ्नो वडाभित्र भएका स्वयम्सेविकालाई मोबाइल प्रविधिसम्बन्धी अभिमुखीकरण गराउने छन् ।
अभिमुखीकरणपछि स्वयम्सेविकाहरुले आफ्नो टोल तथा समुदायमा गर्भवती भएका महिलालाई मोबाइल प्रविधिमा दर्ता गराउने र दर्ता भएपश्चात् गर्भावस्थामा लिनुपर्ने सेवा, सुत्केरी अवस्थाका बारेमा सुनिश्चित गराउने र गर्भ अवस्थामा देखिने खतराका लक्षणहरुका विषयमा सम्झना सन्देशमार्फत जानकारी गराउने फाउण्डेशनको १ नं प्रदेशका वरिष्ठ कार्यक्रम अधिकृत मजबुल आलमले जानकारी दिए । अपाङ्गता रोकथाम पुनःस्थापना कार्यक्रमले जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण गर्ने मातृशिशु मृत्युदर न्यूनीकरण गर्ने र अपाङ्गता भएका व्यक्तिहरुसहितको समावेशी समाजको निर्माण गर्न सहयोग पुग्ने १ नं प्रदेशका वरिष्ठ कार्यक्रम अधिकृत आलमले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार