दिक्तेलमा जिल्ला अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार १८:५६:३५
२८ फागुन,खोटाङ । खोटाङ फुटबल एकेडेमीले ‘दोस्रो जिल्ला अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ आगामी चैत ४ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको हो ।
दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन गरिने प्रतियोगितामा जिल्ला खेलकूद विकास समितिमा क्लब दर्ता भएको, क्लबको प्रमाणपत्र, वार्षिक नवीकरण गरेको प्रमाणपत्र भएको, जिल्लाका आधिकारिक क्लब गरी १६ टोलीले सहभागिता जनाउने जनाइएको छ । पहिले दर्ता हुन आउने क्लबलाई प्राथमिकता दिइने र १६ समूहभन्दा बढी भएमा जिल्लाकै आधिकारिक समूह भए पनि उक्त प्रतियोगितामा सहभागी गराउन नसकिने एकेडेमीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागिताका लागि चैत १ गतेभित्र आ–आफ्नो समूह दर्ता गराइसक्नुपर्ने आयोजक एकेडेमीका अध्यक्ष नुरकाजी सैँजूले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समूहले रु ८८ हजार ८८८, दोस्रो हुनेले रु ४४ हजार ४४४ र सेमिफाइनलिस्ट दुई समूहले प्रतिसमूह रु २२ हजार २२२ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । विद्यागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही रु पाँच हजार नगद ट्रफी तथा मेडल प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई रु सात हजार नगदका साथमा ट्रफी, मेडल, प्रमाणपत्र र ‘म्यान अफ दी म्याच’लाई नगद रु एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी विश्वविद्यालयको आयोजनामा रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने
मंसिर १८, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परिक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमती
मंसिर १९, २०८१ बुधबार