विजय खड्गी स्मृति गोल्डकप चितवनमा
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १४:३२:२१
१ चैत,चितवन । वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गरिने भएको छ । जिल्ला फुटबल सङ्घको आयोजनामा स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुन लागेको हो ।
यही चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको तयारी तीव्रगतिमा भइरहेको जनाइएको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण कार्कीले मैदान मिलाउनेदेखि प्यारापिट निर्माणको काम भइरहेको जानकारी दिए । प्यारापिट तीन हजार दर्शक क्षमताको हुनेछ ।
प्रतियोगितामा ‘ए’ डिभिजन लिगदेखि राष्ट्रिय टिमका खेलाडी सम्मिलित १० टोली सहभागी हुने सङ्घका महासचिव एवं प्रतियोगिताका सञ्चार संयोजक रामहरि ढकालले बताए । प्रतियोगितामा चितवनका दुईसहित हेटौँडा, पोखरा, काठमाडौँ, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली र प्रदेश नं २ को वाग्मती गरी १० टोली सहभागी हुनेछन् ।
प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले रु पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले रु २० हजार तथा विधागतरूपमा उत्कृष्ट हुने खेलाडीले रु १०–१० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि रु २७ लाख ७३ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
एन्फा २०५७ ब्याचका खड्गीले नेपालबाट अण्डर–१३ र अण्डर–१४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारका लागि कतार गएका खड्गीको ३२ वर्षको उमेरमा निधन भएको थियो । उनका एक छोरा छन् । प्रतियोगिताबाट बचेको रकम खड्गीका छोराको अध्ययनका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी विश्वविद्यालयको आयोजनामा रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने
मंसिर १८, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार