अझै खुलेन सत्ती भन्सार
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १९:३५:३६
१ चैत,भजनी । सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन । नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् ।
खुला सिमानाका कारण नेपाली तथा भारतीय नागरिक लुकिछिपी नेपाल–भारत प्रवेश गर्ने गरेको भए पनि सीमा प्रहरी मुकदर्शक जस्तै बनेको छ । पहिले सो भन्सार कार्यालयमा मात्र सीमासुरक्षा प्रहरीको क्याम्प रहँदा लुकिछिपी आउने क्रमलाई रोक्न चुनौती रहे पनि अहिले एक किलोमिटरको दूरीमा सीमा सुरक्षा प्रहरीको क्याम्प स्थापना भएको छ । अवैधरुपमा प्रवेश गर्नेको क्रम भने घट्नुको साटो दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले भारतीय नागरिकलाई कोरोना नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरेको छ ।
भारतको तिकुनियाँका हरिश कुरेसीले प्रहरीको आँखा छलेर आफूहरु कामका लागि नेपाल प्रवेश गरेको जानकारी दिए । “नेपाल नआएर घरमा चुलो बल्दैन । दिनभरी सङ्कलन गरेको कवाडी सामान बेचेर घर चलाउछौँ”, उनले भने, “प्रहरीलाई पैसा दिएर भए पनि नेपाल आउनु हाम्रो बाध्यता हो । दैनिक २०० भन्दाबढी दैनिक नेपाल आउछन् होला ।”
खक्रौला बिओपीका प्रमुख पदमराज भट्टले भन्सारमा सामान आयात निर्यात भए पनि मानिसको आवतजावत भने नभएको दाबी गरे । उनले भारतीय नागरिक नेपाल प्रवेश गरेको सूचना आफूहरुलाई पनि आएको जनाउँदै लुकिछिपी प्रवेश गर्ने ती नाकामा आफ्नो कार्यक्षेत्र नपरेको बताए । “पहिले खक्रौला बिओपीबाटै हेर्नुपर्ने अवस्था थियो । अहिले कौवाखेडा, कालाकुण्डमा बिओपी स्थापना भइसकेपश्चात् हाम्रो कार्यक्षेत्र घटेको छ”, उनले भने, “हाम्रो क्षेत्रबाट कोही पनि प्रवेश गरेको छैनन् । हामीले मातहतको निकायमार्फत पाएको आदेशलाई पूर्णरुपमा कार्यान्वयन गरेका छौँ ।”
कालाकुण्डा बिओपी प्रमुख केशव गोइलाले भारतीय नागरिकलाई रोक्नका लागि आफैं लागिपरेको जानकारी दिदैँ आफ्नो कार्यक्षेत्रभन्दा बाहिरबाट भारतीय नागरिक प्रवेश गर्ने गरेको बताए । “पथरैया र मोहना नदीको सङ्गमस्थलबाट भारतीय नागरिक नेपाल प्रवेश गरिरहेका छन् । पथरैया नदी तरेर जानसक्ने अवस्था छैन”, उनले भने, “नदीका कारण पनि अवैधरुपमा आवागमन बढेको छ । सबैभन्दा बढी नागरिकको आवागमन हुने अहिलेको मुख्य प्वाइन्ट जसबहादुर घाट हो ।” चोरीका नाकाबाट भारतीय नागरिक मात्र नभई त्यही मात्रामा नेपाली भारतीय बजार दैनिक उपभोग्य सामानका लागि जाने गरेका छन् । “हामीलाई आवागमनका लागि निर्देशन त छैन । तर केही व्यावहारिकरुपमा पनि काम गर्नुपर्ने अवस्था हुन्छ ।” उनले भने ।
मरियाघाट बिओपी प्रमुख मुक्ति खड्काले प्रहरीले २४ सै घण्टा ड्युटी दिन नसक्ने जनाउँदै प्रहरीका आँखा छलेर नागरिकको आवागमन हुने गरेको बताउछन् । “एक क्षेत्रमा गयो, अर्को क्षेत्रबाट प्रवेश गर्छन् । हामीले प्रयास भने गर्दै आएका छौँ”, उनले भने, “भारतीय नागरिकसँग स्थानीयको पनि संलग्नता भएका कारण प्रहरी आएको खबर उनीहरुलाई पु¥याउने गरेका छन् ।” नदीकै कारण सीमा सुरक्षामा चुनौती थपिएको उनी बताउछन् ।
अहिले भारतसँग जोडिएका सीमानाका खुकुलो हुँदै जाँदा र नागरिकको आवागमन बढ्दा भन्सार कार्यालयको राजश्व सङ्कलनमा समेत गिरावट आएको छ । भन्सार कार्यालयमा अघिल्ला पाँच महीनाको तुलनामा पुस र माघ महीनामा राजस्वमा गिरावट आएको सत्ती भन्सार कार्यालय खक्रौलाका भन्सार प्रमुख विमलकुमार शाहले बताए ।
कार्यालयले गत मङ्सिर महीनासम्ममा वार्षिक लक्ष्य पूरा गरिसकेको भएपनि पछिल्ला दुई महीनामा राजस्व सङ्कलनमा केही कमी देखिएको उनी बताउछन् । उनका अनुसार मङ्सिरमा रु एक करोड ४८ लाख ४७ हजार, पुसमा रु एक करोड ४२ लाख ४७ हजार र माघमा रु एक करोड ३४ लाख २५ हजार राजस्व सङ्कलन भएको थियो । अहिले जिल्लाका सीमाक्षेत्रमा १४ बिओपी स्थापना भएका छन् । भन्सार सीमाबाट आवागमन असहज हुन थालेपछि नागरिकले चोरीका सिमानाको प्रयोग गर्दै आएका छन् । यसले सीमावर्ती क्षेत्रमा चोरीका घटनमा समेत वृद्धि भएको छ । गाईभैँसी, बाख्रा र अन्य घरायसी सामान चोरी हुन थालेपछि स्थानीय त्रसित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
कलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार