आज मार्च १५ विश्व उपभोक्ता अधिकार दिवस
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १५:३३:२९
२ चैत,गलेश्वर । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आइएको हो । त्यसपछि सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो । सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानून जारी गरेका हुन् ।
नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद वा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको भए पनि उपभोक्ता ती अधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन् । हिमाली जिल्ला म्याग्दीमा दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकांश ढक–तराजु पनि अवैधरूपमा प्रयोग भइरहेका छन् । गुणस्तर तथा नापतौल डिभिजनको निष्क्रियताले बजारमा नवीकरण नभएका, नापतौल प्रमाणित नभएका र प्रतिबन्धित ढक–तराजुले सामान तौलने गरिएको पाइएको छ । यसबाट व्यापारी मोटाइरहेका छन् भने उपभोक्ता दिनहुँ ठगिइरहेका छन् । त्यसैगरी एउटै सामानको मूल्य पसलैपिच्छे फरकफरक हुँदा एउटै सामानको तीन थरी मूल्य तिर्न उपभोक्ता बाध्य छन् ।
त्यस्तै उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैँ मारमा पर्ने गरेको सचेत उपभोक्ताको गुनासो छ । अर्थशास्त्र विषयका प्राध्यापक तथा म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापाले स्वच्छ उपभोग्य वस्तु तथा सेवा उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार भए पनि उपभोग्य वस्तुमा हुने मिसावटले उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने गरेको बताए ।
जिल्ला बजार अनुगमन समिति म्याग्दीले गत दशैँको अवसरमा गरेको बजार अनुगमनका क्रममा बजारमा प्रयोगमा रहेका ५० प्रतिशत ढक–तराजु मापदण्डविपरीत रहेको पाइएको बताएको थियो । अनुगमनका क्रममा बेनी बजार क्षेत्रका मासु व्यवसायी, तरकारी तथा फलफूलका व्यापारीले प्रमाणीकरण नगरिएका अवैध भारतीय ढक र तराजु प्रयोग गरेको समेत भेटिएको थियो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीका एक अधिकारीले नापतौलमा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारवाही गरिने बताए । उनले ढक, तराजुबाट उपभोक्तालाई ठगी गरिरहेको प्रशस्त प्रमाण फेला परेकाले अब थप बजार अनुगमनलाई कडाइ गरिने जानकारी दिए । मासु, फलफूल, तरकारीलगायत अन्य सामान सडकमा राखिएका पसलबाट किन्दा ठगिने गरे पनि उपभोक्तामा त्यसविरुद्ध सम्बद्ध निकायमा उजुरी गर्नुपर्छ भन्ने जानकारी नभएकाले ठगिनुपरेको अधिकारकर्मीको बुझाइ छ । कानूनी दायराभन्दा बाहिर रही व्यापार गर्ने व्यापारीबाट ठग्ने क्रम जारी रहे पनि त्यसलाई रोक्न सरोकारवाला निकायले कडाइ नगरे उपभोक्ता ठगिने क्रम नरोकिने उपभोक्ता अधिकार मञ्च म्याग्दीका अध्यक्ष ठहरबहादुर भण्डारीले बताए ।
अधिकारकर्मीका अनुसार व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन् । एक किलोको ढकमा एक हजार ग्राम हुन्छ तर ९०० ग्राम मात्रै राखिएको ढकलाई एक किलो भन्दै सामान तौलने गरिएको विभिन्न अनुगमन रिपोर्टले देखाएको छ । त्यसैगरी एउटै सामानको मूल्य प्रत्येक पसलमा अलग अलग तिर्नुपर्दा उपभोक्ता अन्योलमा पर्ने गरेका छन् । आइतबार बगरफाँटको एक पसलबाट रु ९० मा एक किलो चिनी किनेका उपभोक्ता धनबहादुर थापाले केही दिनअघि बेनी मङ्गलाघाटको पसलबाट रु ९५ मा किनेको बताए ।
उपभोक्ताको अधिकारलाई नेपालको संविधानको धारा ४४ मा मौलिक हकका रूपमा राखिएको भए पनि व्यवहारमा भने उपभोक्ताहरु सधैँ ठगिइरहनुपरेको सरोकारवालाको बुझाइ रहेको छ । उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गरिने भनेर संविधानमा नै उल्लेख गरिएको भए पनि यसको कार्यान्वयनको अवस्था भने दयनीय देखिएको म्याग्दीका उपभोक्ता श्याम सापकोटाले बताए ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्ता हितमा राज्य कठोर हुनुपर्ने बताउछन् । उनका अनुसार मूल्य, गुणस्तर र नापतौलमा उपभोक्तालाई आश्वस्त पार्दै बजारमा देखिएका विकृति, विसङ्गतिर गैरकानूनी कार्यलाई निरुत्साहित गर्न व्यवसाय सचेतना र उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई आर्थिक सहयोग
मंसिर १८, २०८१ मंगलबार
विद्युत् सट भई आगलागी हुँदा एक करोड बढीको क्षति
मंसिर १७, २०८१ सोमबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
माओबादीले बोलायो पदाधिकारी बैठक
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ: मन्त्री पौडेल
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार