रामपुरमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १६:६:२९
३ चैत,रामपुर । पर्यटकीय क्षेत्र पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । रामपुर नगरपालिका–४ को बरडाँडामा पर्यटकीय क्षेत्र विकास गर्ने उद्देश्यका साथ दृश्यावलोकन स्तम्भ निर्माणकार्य अगाडि बढाइएको छ ।
नगरपालिकाको सहयोगमा बहुवर्षीय योजनाअनुरुप करिब ५० फिट अग्लो (चार तलाको)दृश्यावलोकन स्तम्भ निर्माण गर्न रु १६ लाख रकमबाट काम थालनी गरिएको समितिका अध्यक्ष अमिर रानाले बताए । उनका अनुसार निर्माण सम्पन्न गर्न करिब रु ६० लाख लाग्ने अनुमान गरिएको छ ।
बेझाड बजारदेखि सवारी साधनमा करिब १० मिनेटको समयमा पुग्न माथिल्लो भेगमा रहेको बरडाँडा क्षेत्रबाट कालीगण्डकीबेँसीका धेरै ठाउँको दृश्यावलोकन गर्न सकिने छ । रामपुरमा बाह्य पर्यटक भित्र्याउनका लागि दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताए । अहिले भने दृश्यावलोकन स्तम्भ निर्माणको योजना परेपछि जग्गा खरिद गर्न ग्राहक आउने क्रम विस्तारै बढ्दैछ । दृश्यावलोकन स्तम्भ निर्माणकार्यले गाउँमा विकासको लहर अगाडि बढेको अनुभूति स्थानीयवासीले गरेका छन् ।
दृश्यावलोकन स्तम्भ निर्माण गरिने क्षेत्रमा उद्यानलगायतका विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गर्ने समितिको योजना छ । समितिले अबको पाँच वर्षभित्र काम सक्ने गरी निर्माण अगाडि बढाएको जनाएको छ । सो क्षेत्रमा क्षेत्रमा अन्य पूर्वाधार विकासका लागि स्थानीय वसन्तराम ठाडा, चेतनाथ पङ्गेनी, विष्णुबहादुर सेनले दुई÷दुई आना जग्गा सहयोग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाङसेबुङमा धार्मिक पर्यटकको घुइँचो, होटल र घरवास भरिभराउ
मंसिर १९, २०८१ बुधबार
आजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार