कृषि क्षेत्रलाई विकास गर्दै सहकारी
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १९:५९:१७
३ चैत,भजनी । कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्थाले तीन क्षेत्रमा काम गर्दै आएको छ । पहिलो बैंकिङ सेवा, दोस्रो लघुबित्त र तेस्रो कृषि क्षेत्र । २०७६ साल जेठ ६ गतेदेखि जानकी गाउँपालिका–९ को अमरावतीमा सहकारीले कृषिको व्यावसायिक शुरुआत गरेको थियो ।
कोरोना महामारीका कारण ठूलो नोक्सानी व्यहोरेको भए पनि सो सहकारी संस्थाले अहिले पुनः राम्रो हुँदै गएको कृषि प्राविधिक वीरेन्द्र शाहले बताए । उनले बन्दाबन्दीको समयमा उत्पादन सोचेभन्दा राम्रो भएको तर बजारीकरणको समस्याका कारण लाखौँ नोक्सान भएको बताए । “हामीले व्यावसायिक कृषिसँगै यसलाई तालीम केन्द्रका रुपमा पनि विकास गरेका छौँ । यहाँ सिक्ने र सिकाउने धेरै हुन्छ”, उनले भने, “हिजोका दिनमा अरूबाट किनेर खानेहरु आज आफूलाई भए पनि कृषिमा प्रेरित भएका छन् । विशेषगरी, हाम्रो क्षेत्र वरपरकाहरुले राम्रो ज्ञान लिएको हामीलाई महसुस भएको छ ।”
सहकारीको मुख्य उद्देश्य पनि कृषि क्षेत्रलाई माथि उठाउनु नै रहेको सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहले बताए । किसानकै समूहबाट स्थापना भएको सहकारीले कैलालीका १३ वटै स्थानीय तहमा व्यावसायिक कृषि फार्म सञ्चालनमा ल्याउने तयारी गरेको उनको भनाइ छ । “हाम्रो उद्देश्य किसानलाई व्यावसायिक कृषिमा लगाउने पनि हो । त्यहीअनुसार कैलालीका १३ वटै स्थानीय तहमा कृषि फार्म सञ्चालनका लागि तयारी भइरहेको छ ।” उनले भने, “ती फार्महरुलाई तालीम केन्द्रका रुपमा विकास गरी समूहमा आबद्ध किसानलाई आत्मनिर्भर बनाउनु मद्दत पुग्ने छ ।” महाप्रबन्धक शाहले कृषि फार्मका लागि भनेजस्तो जग्गा उपलब्ध हुन नसकेको बताउँदै लिजमा होस् वा किनेर भए पनि सहकारीका सदस्यहरुको जीवनस्तर माथि उठाउनमा सहकारीले सहयोग गर्ने बताए ।
गत आर्थिक वर्षमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले कृषि फार्मलाई दुईवटा टनेल निर्माणका लागि ७५ प्रतिशत अनुदानमा सहयोग गरेसँगै अहिले बेर्ना उत्पादनको कामलाई पनि सहकारीले अगाडि सारेको छ । बेर्ना बिक्रीबाट पनि राम्रो आम्दानी भएको बताउँदै कृषि प्राविधिक शाहले अहिले काउली, काँक्रा, लहरे बाली, भिण्डीलगायत तरकारीहरु बजारमा पुगेको बताए । चारजना कर्मचारीले कृषि फार्ममा प्रत्यक्ष रोजगारी पाएका छन् भने अन्य थुप्रैले ज्यालादारीमा काम पाएका छन् ।
ज्यालामा काम गर्न पनि सहकारीमा आबद्ध सदस्यहरुलाई प्राथमिकतामा राखिएको छ । “काम पनि गर्छन् । त्यहीँबाट सिक्नु पनि हुन्छ”, महाप्रबन्धक शाहले भने, “कृषि प्राविधिकसँगै काम गर्दा सदस्यहरुले फार्ममा सिकेका सीपलाई आफ्नो बारीमा लगाउछन् । अनि आत्मनिर्भरका लागि समस्या नै भएन ।” दुई बिघा १० कट्ठा क्षेत्रफलमा शुरु गरिएको कृषि फार्मका लागि जग्गा कम हुन थालेको बताउँदै उनले अझै १० बिघा जमीन त्यही ठाउँमा खोजी गरिरहेको बताए । “हामीले परीक्षणका रुपमा कृषि फार्म शुरु गरेका थियौँ । जसले सोचेभन्दा राम्रो नतिजा दियो”, महाप्रबन्धक शाहले भने, “अहिले सुखड, बौनियाँ, अत्तरिया धनगढीतिर पनि विस्तार गर्ने योजना छ ।”
विशेषगरी सहकारी संस्थाले किसानलाई कृषि पेशामा आकर्षण बढाउने उद्देश्यका साथ फार्म विस्तारको काम शुरु गरिएको कृषि प्राविधिक शाहको भनाइ छ । उनका अनुसार गत वर्षको भन्दा यस वर्षको आम्दानी धेरै राम्रो भएको छ भने त्यसको बजारीकरणमा पनि कुनै समस्या देखिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
मंसिर १९, २०८१ बुधबार
धान काट्न मजदुरको सट्टा रिपर मेसिन !
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार