देशलाई सही बाटोमा डोर्याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण: मन्त्री गुरुङ
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार २२:३६:४४
३ चैत,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चारकर्मीले देशलाई सही बाटोमा डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । चलचित्र पत्रकार सङ्घ नेपालको २१औँ साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उनले समाजको अग्रगामी परिवर्तनका लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे ।
मन्त्री गुरुङले सञ्चारकर्मीले नकारात्मक समाचार मात्र नलेखेर सकारात्मक सन्देश दिने समाचारमा ध्यान दिनुपर्नेमा जोड दिदैं समाजमा सकारात्मक सोचको विकास गराउन सञ्चारकर्मीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ भने । हरेक क्षेत्रमा शिर उँचो बनाउने उद्देश्यका साथ काम गर्नुपर्नेमा जोड दिँदै उनले सञ्चार क्षेत्रमा समेत यसको आवश्यकता भएको उल्लेख गरे ।
मन्त्री गुरुङले समाजलाई समृद्ध बनाउने ढङ्गले काम गर्नुपर्ने सुझाव दिँदै आफ्नो सङ्गठनको हित हुने गरी काम गर्न सबैमा आग्रह गरे । उनले सङ्गठन तथा पार्टीमा रहँदासम्म जिन्दावाद भन्ने र छाड्दा मुर्दावाद भन्ने संस्कारको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्री गुरुङले संस्था स्थापना गर्नु मात्र ठूलो कुरा नभइ त्यसलाई जोगाइराख्नु अति आवश्यक भएको उल्लेख गर्दै सञ्चार क्षेत्रको दायरा फराकिलो बन्दै गएकोमा खुशी व्यक्त गरे । उनले चलचित्र उद्योगको विकासका लागि चलचित्र विकास बोर्डसँग मिलेर काम गर्न सुझाव दिए ।
सो अवसरमा मन्त्री गुरुङले नेपाल चलचित्र पत्रकार सङ्घले अघि बढाएको कल्याणकारी कोष अभियानको शुभारम्भ गरेका छन् । सङ्घले रु २० लाख बराबरको अक्षय कोष खडा गर्ने अभियान शुरु गरेको छ । कार्यक्रममा मन्त्री गुरुङले चलचित्र पत्रकार सङ्घ नेपालका संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षलाई सम्मानपत्रद्वारा सम्मान गरे । सम्मानित हुनुहुनेमा पुर्वअध्यक्षद्वय विदुर गिरी र शान्ति प्रिय, निवर्तमान अध्यक्ष सन्दीप सापकोटा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार