चिसो घट्न थालेपछि पर्यटक बढ्दै
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १९:५५:२०
४ चैत,रसुवा । अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कोभिड–१९ को सङ्क्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको सङ्ख्या बढ्न थालेको हो । लाङ्टाङ तथा तामाङ सम्पदा मार्गमा आउने पर्यटक बढी देखिएका छन् ।
हिमाली भेगको हिमपात क्रमशः पग्लिन थालेको, तातोपनमा बढ्दै गएकाले आन्तरिक पर्यटकको आगमन सङ्ख्या क्रमशः बढ्न थालेको व्यवसायीले बताएका छन् । रसुवा धुम्ने पर्यटकको सङ्ख्या हिजोआज दैनिक २०÷२५ जनाले बढिरहेका छन् । उनीहरू गोसाइँकुण्डतर्फ धार्मिक यात्रामा केन्द्रित हुने गरेका छन् । हिमाली प्रकृतिको अवलोकन गर्ने उपयुक्त समय भएको र कोभिड–१९ को सङ्क्रमण शून्यमा झरिसकेकाले यही चैत १५ गतेदेखि दैनिक २०० भन्दा बढीको आगमन हुने अनुमान गरिएको छ ।
पर्यटक बढेसँगै भोजन तथा बासको उचित प्रबन्ध मिलाउन आवश्यकपर्ने खाध्यान्न भण्डार र सुत्नका लागि लजको सुदृृढीकरण भइसकेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिए । विदेशी पर्यटकको भरमा आत्मनिर्भर बनेको लाङ्टाङ पर्यटकीय पदमार्गमा पनि फाट्टफुट्ट रूपमा आन्तरिक पर्यटक आउन थालेका कारण केही राहत मिलेको लाङ्टाङ क्षेत्रका व्यवसायी ढिण्डुप तामाङले बताए ।
उता तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङको पार्वतीकुण्ड, बाक्लो मानवबस्ती लोकल परिकारका भोजन, परम्परागतको वेषभूषा अवलोकन, जङ्गलमा चर्ने हिमाली चौरीगाईका बथानको अवलोकनजस्ता आर्कषणले पर्यटक रमाउने गरेको पर्यटन व्यवसायका अगुवा फुर्पु दोर्जे तामाङले बताए ।
रसुवा क्षेत्रमा विसं २०५७र५८ मा स्थापना गरिएको बृद्धिम घरबासमा आउने पाहुनाका लागि आर्कषण बन्दै गएको छ । पर्यटन प्रर्वद्धनकोे माध्यमबाट ग्रामीण गरीबी न्यून हुने विश्वासका साथ तत्कालीन घरबास सञ्चालनमा ल्याइएको हो । हाल यहाँ २७ घरले आगन्तु पाउनालाई सेवा दिइरहेका छन् । घरबासमा आउने पाउनालाई बृद्धिम पुग्नासाथ पहिलोे स्वागत गरी वासस्थानको घर तोक्ने र लोकल परिकारका खाना खुवाउने व्यवस्थापन गरिएको बृद्धिम घरबास सञ्चालन समितिका अध्यक्ष नुर्पु तामाङले जानकारी दिए ।
खानपिन र बसोबासमा कुनै समस्या नपर्ने र हिमाली प्रकृतिको छ सुन्दर देखिन थालेका कारण रसुवा घुम्नको लागि यहाँका व्यवसायीले पाउना माझ अग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाङसेबुङमा धार्मिक पर्यटकको घुइँचो, होटल र घरवास भरिभराउ
मंसिर १९, २०८१ बुधबार
आजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार