कर्णाली सरकार अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २०:५८:५६
४ चैत, वीरेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी नाम बदर गरी सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि प्रदेशमा समेत सरकारको पोजिसन बदलिने देखिएको छ । यसको सुरुआत नेकपा एमालेले कर्णाली प्रदेशबाट थालेको छ । प्रदेश सरकारमा रहेका एमाले मन्त्रीहरुलाई संसदीय दलले आज फिर्ता बोलाएको छ ।
नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री रहेका महेन्द्र शाही सरकारमा सम्मिलत एमाले मन्त्रीहरुलाई फिर्ता बोलाइएको जानकारी एमाले नेता यामलाल कंडेलले दिए । कंडेल प्रधानमन्त्री केपी ओली निकट हुन् भने फिर्ता बोलाइएका मन्त्रीहरु वरिष्ठ नेता माधवकुमार नेपाल निकट रहेका छन् ।
नेकपा एमालेका तर्फबाट प्रदेश सरकारमा प्रकाश ज्वाला, दलसिंह रावल र नन्दसिंह बुढा रहेका छन् । उनीहरु सबै नेता नेपाल निकट हुन् ।संसदीय दलका नेता कंडेलका अनुसार, पाँच दिन भित्र पार्टीका तर्फबाट गएका मन्त्रीहरुलाई फिर्ता बोलाइएको हो । साथै, सरकारलाई दिइएको समर्थन समेत फिर्ता लिएको उनले बताए ।
अब शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसरी फिर्ता बोलाउन गरिएको निर्णयमा एमालेका आधा सांसद मात्र उपस्थित थिए । प्रदेश सभामा एमालेका २० जना सांसद् रहेका छन् । त्यसमध्ये आज १० जना मात्र उपस्थित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार