डोल्पामा भूमि आयोग कार्यालयको स्थापना
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २०:५७:१८
४ चैत,डोल्पा । जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ । आज पहिलोपटक जिल्ला समन्वय समितिको कार्यालयमा आयोगको कार्यालय स्थापना भएको हो ।
जिल्लामा रहेका भूमिहीन तथा सुकुम्बासीको भूमिको समस्या समाधान गर्ने उद्देश्यले सरकारले जिल्लामै जिल्ला समितिको कार्यालय स्थापना गरेकाले सबैले फाइदा लिनेमा विश्वस्त रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश शर्माले बताए । भूमिको वितरण तथा जग्गाको लालपुर्जासम्म दिन सक्ने अधिकार स्थानीय तहलाई भएको कारण स्थानीय तह र आयोगबीचको सहकार्यमा हुनुपर्ने ठूलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले प्रतिबद्धता जनाए ।
आयोगको कार्यालयले डोल्पामा रहेका भूमिहीन, सकुम्बासीका समस्या समाधान हुने र एकीकृत बस्तीलाई समेत व्यवस्थित बनाउनेमा सबैले हातेमालो गरेर लाग्नुपर्ने विश्वास व्यक्त गरिएको छ । डोल्पाका नागरिकले भूमिविहीन हुन नपर्ने गरी आयोगको टोलीले काम थाल्ने भूमि समस्या समाधान आयोग डोल्पाका अध्यक्ष धनचन्द्र बैजीले बताए । यसका लागि सबैको साथ सहयोग अपरिहार्य रहेको उनको भनाइ छ ।
कार्यालय स्थापना भएसँगै नगरपालिका तथा गाउँपालिका र वडास्तरसम्म समिति गठन हुने बताइएको छ । हाल जिल्लामा सात सदस्यीय जिल्ला समितिको कार्यालय रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार