कर्णाली सरकारमाथिको समर्थन यथावत रहेको नेपाल पक्षको दाबी
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २२:२९:२१
४ चैत, बीरेन्द्रनगर । नेकपा एमालेका तर्फबाट कर्णाली प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिएको भनी आएको समाचारप्रति खनाल – नेपाल समूहले असहमति प्रकट गरेको छ । प्रदेश सरकारमा मन्त्री समेत रहेका प्रकाश ज्वालाले भर्खरै एक विज्ञप्ति जारी गर्दै नेकपाले नभई ओली समूहले एकलौटी रुपमा समर्थन फिर्ता लिएकाले आफूहरुको समर्थन यथावत रहने प्रष्ट्याएका छन् ।
यसअघि एमाले संसदीय दलका नेता यामलाल कंडेलले मुख्यमन्त्री महेन्द्र शाही सरकारलाई दिइएको समर्थन फिर्ता लिएको खबर सार्वजनिक भएको थियो । उक्त निर्णयलाई मन्त्री ज्वालाले गुटगत भेलाको निर्णय भन्दै सरकारमाथिको समर्थन यथावत रहेको प्रष्ट्याएका छन् ।
ओली समूहको गुटगत भेलाबारे हामीलाई सूचनासमेत नदिई गरेको भनिएको निर्णय अवैध रहेकाले हाम्रो पूर्ण असहमति रहेको जानकारी गराउँछौं– विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश सभामा एमालेको २० सिट रहेको छ । आजको बैठकमा १० जना मात्र उपस्थित थिए । त्यसैले उक्त निर्णय अवैधानिक छ भन्दै मन्त्री ज्वालाले सरकारमाथि कुनै संकट नरहेको पनि बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार