आगामी वैशाखभित्र आफ्नै भवन बनाउदै गाउँपालिका
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १८:२६:२८
५ चैत,डोल्पा । मुड्केचुला गाउँपालिकाले आगामी वैशाखभित्र सबै वडा कार्यालय भवन निर्माण गर्ने भएको छ । यसका लागि गाउँपालिकाले नौवटै वडाका भवन निर्माणलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ ।
स्थानीय सरकारका भौतिक पूर्वाधारलाई स्थायित्व दिन कार्यालय भवन निर्माण अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । वडा नं ८ को भवन गत मङ्गलबार र वडा नं ६ को गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको थियो । सभाहल, प्रतीक्षालयसहितको सुविधायुक्त भवन निर्माण गर्न रु २५ लाख खर्च छुट्याइएको उनले जानकारी दिए ।
वडा भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा दान दिएका थिए । निर्माणको जिम्मा सम्बन्धित वडाध्यक्षलाई नै दिइएपछि भवन छिटो निर्माण भएको गाउँपालिका अध्यक्ष दत्त शाहीले जानकारी दिए । भवन निर्माण सम्पन्न भएपछि सबै वडाका आफ्नै भवन बनाउने गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह बन्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार