कपिलवस्तुमा दमकल अभाव, अप्ठ्यराेमा मागेरै काम चलाउने
नेपालबहस संवाददाता
चैत ५, २०७७ शुक्रबार ०:३१:३
५ चैत, चन्द्रौटा । कपिलवस्तुमा दमकलको अभाव देखिएको छ । आगलागी हुने समय आएसँगै जिल्लामा रहेका स्थानीय तहले दमकलका लागि कुनै पहल गरेका छैनन् । दश स्थानीय तह रहेको कपिलवस्तुमा तीन स्थानीय तहसँग मात्र दमकल छन् । बाँकी सात स्थानीय तहले अप्ठ्यरामा मागेरै काम चलाउने गरेका छन् ।
यहाँ हरेक वर्ष आगलागीका कैयौँ घटना हुने गरेका छन् । हावाहुरीसँगै आगलागीको मौसम शुरु भएकाले नियन्त्रणका लागि दमकलको अभाव खड्किएको छ । जिल्ला सदरमुकाम वरपरका छ पालिकालाई कपिलवस्तु नगरपालिकाले दमकलबाट सेवा उपलब्ध गराउँदै आएको छ । बुद्धभूमि नगरपालिकाबाहेक अन्य पालिकाले दमकल प्रयोग गर्ने तर मर्मत र इन्धन खर्चसमेत नदिँदा दमकल सञ्चालनमा समस्या आएको कपिलवस्तुका नगर प्रमुख किरण सिंहले बताए ।
आगलागीको सूचना आउना साथ दमकल पठाए पनि सञ्चालन र व्यवस्थापनमा अन्य स्थानीय तहले चाँसो नदिएको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहको भनाइ छ । आगलागीको उच्च जोखिम रहेका क्षेत्रलाई विशेष प्राथमिकता दिएर त्यस नजिकै दमकल राख्नुपर्ने शाहले बताए ।
गाडी खरीद गर्ने, भाडामा लिएर चढ्ने र अन्य सवारी खरीद गरेका स्थानीय तहले दमकल खरीदमा भने त्यति चाँसो देखाएको पाइँदैन । सबैभन्दा बढी फुसको कच्ची घर भएका विजयनगर गाउँपालिका, महाराजगञ्ज नगरपालिका, शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकाले दमकल खरीद गरेका छैनन् ।
कृष्णनगर, कपिलवस्तु र वाणगङ्गामा सञ्चालित दमकललाई आवश्यक सेवा लिनका लागि कुनै सम्झौता वा आर्थिक अनुदानसमेत उपलब्ध गराएका छैनन् । आगलागीका कारण जिल्लामा प्रत्येक वर्ष लाखौँ जनधनको क्षति र मानिसको अकालमै मृत्यु हुने गरेको भए पनि आगलागी तथा अन्य प्राकृतिक प्रकोप न्यूनीकरणतर्फ भने कुनै बजेट विनियोजन गरेको पाइँदैन ।
आफ्नो नगरक्षेत्रमा हुने सम्भावित आगलागीका घटना न्यूनीकरणका लागि पालिकाले बेवास्ता गरेको सरोकारवालाको आरोप छ । दमकल खरीद गर्न शिवराज, महाराजगञ्ज र बुद्धभूमि नगरपालिकाले चासो नदेखाएको स्थानीयवासी बताउँछन् । विजनगर अध्यक्ष गोपाल थापाले तत्काल दमकल किन्ने योजना नभएको तर गाउँगाउँमा जनचेतना बढाएको र आगलागीका घटना भएको खण्डमा कृष्णनगर नगरपालिकासँग सम्पर्कमै रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार