इंग्ल्याण्डसँग ‘वानडे सिरिज’खेल्ने भारतको टोली घोषणा, कुणालसहित तीन खेलाडीले पहिलो पटक पाए मौका
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार १७:२६:२७
६ चैत, काठमाडौं । भारतले इंग्ल्याण्डसँगको एकदिवसीय सिरिजका लागि टोली घोषणा गरेको छ । भारतीय कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज विराट कोहलीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।
तीन खेलाडीले पहिलो पटक वानडे टिममा मौका पाएका छन् । कुणाल पाण्ड्या, सूर्यकुमार यादव र प्रशिद्ध कृष्णले पहिलो पटक वानडे टिममा स्थान बनाएका हुन् ।
पहिलो पटक टिममा मौका पाएका कुणाल अलराउन्डर हुन् । उनले टी-२० मा भने डेब्यू गरिसकेका छन् । कुणालले ८ अन्तर्राष्ट्रिय टी-२० म्याच खेलिसकेका छन् ।
सूर्यले इंग्ल्याण्डसँगको टी-२० सिरिजमा डेब्यू गरेका थिए । दोस्रो खेलमै उत्कृष्ट प्रदर्शन गरेका उनलाई वानडेमा पनि मौका दिइएको हो ।
प्रशिद्ध कृष्णाले भने हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छैनन् । उनी तीव्र गतिका बलर हुन् ।इंग्ल्याण्डसँगको वानडे सिरिजमा मयंक अग्रवाल, सञ्जु सामसन, मनिष पाण्डेले भने मौका पाएनन् ।
हालै सम्पन्न विजय हजारे ट्रफी एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाएका पृथ्वी शा र देवदत्त पाडिक्कलले भने इंग्ल्याण्डविरुद्धको वानडे सिरिजमा मौका पाएनन् ।भारत र इंग्ल्याण्डबीचको वानडे सिरिज २३ मार्चदेखि सुरु हुनेछ ।
भारतको वानडे टिम विराट कोहली (कप्तान) रोहित शर्मा (उपकप्तान), शिखर धवन, शुभमन गिल, श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पांड्या, ऋषभ पन्त (विकेटकीपर), केएल राहुल (विकेटकीपर), युजवेन्द्र चहल, कुलदीप यादव, क्रुणाल पांड्या, वासिङ्टन सुन्दर, टी नटराजन, भुवनेश्वर कुमार, मोहम्मद सिराज, प्रशिद्ध कृष्ण र शार्दुल ठाकुर ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्दै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार