राष्ट्रिय गौरवको नारायणगढ–बुटवल सडकको काम रोकियो, यस्तो छ कारण ?
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १८:५४:४७
९ चैत, काठमाडौं । राष्ट्रिय गौरवको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक बिस्तारको काम ठप्प भएको छ। आयोजनाले पारिश्रमिक भुक्तानीमा ढिलाइ गर्दा कामदार साइटमै जान छाडेपछि आयोजना काम रोकिएको हो।
काम गरेको भुक्तानी नपाएपछि कामदार साइटमा नआउँदा शुक्रबारदेखि नै काम रोकिएको छ। हाल उक्त साइटमा करिब चार सय जनाले काम गरिरहेका थिए।
यसअघि ठेकेदार कम्पनीले श्रम कानुन अनुसार व्यवहार नगरेको भन्दै कामदार हड्तालमा नै उत्रिएका थिए। काम रोकेको करिब एक सातापछि सम्झौता भएर काम अघि बढेको थियो। पुनः दुई/तीन महिनादेखि काम गरेको भुक्तानी नपाएको भन्दै काम रोकेका छन्।
आयोजनाले भने सरकारका तर्फबाट निर्माण कम्पनीलाई दिनुपर्ने काम अनुसारको भुक्तानी नरोकेको जनाएको छ। काम नै निकै कम भएकाले ठेकेदारले धेरै भुक्तानी दाबी गर्न पाएको छैन। रुख कटानको स्वीकृति लिनका लागि एक वर्षभन्दा बढी समय लाग्यो।
हालसम्म आयोजनाको भैतिक प्रगति कति ?
जसका कारण आयोजना सुस्त गतिमा थियो। निर्माण कम्पनीको आन्तरिक समस्या, साइट क्लियरेन्सका लागि स्वीकृति लगायतका कारण निर्माण थालेको दुई वर्षमा जम्मा ४ प्रतिशत मात्रै भौतिक प्रगति छ।
ठेक्का सम्झौताअनुसार अब १८ महिना निर्माण अवधि बाँकी छ। उक्त समयावधिमा आयोजना पूरा गर्न असम्भव जस्तै छ।
आयोजना कुन कम्पनीले निर्माण गर्दैछ ?
बुटवल-नारायणगढ सडक बिस्तार आयोजनाको ठेक्का चाइना स्टेट इन्जिनियरिङ कम्पनीले पाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा शिलान्यास गरेर उक्त आयोजनाको काम सुरु भएको घोषणा गरिएको थियो।
हतार हतार काम थालेको घोषणा गरिएको आयोजनालाई साइट क्लियर नै नगरी ठेक्का निकालिएको थियो। दुई वर्ष बितिसक्दा काम पूर्ण क्षमतामा अघि बढ्न सकेको छैन।
आयोजनाको ठेक्कामा स्पष्ट रूपमा युटिलिटिज सार्ने काम निर्माण कम्पनीले नै गर्ने भन्ने उल्लेख छ। तर निर्माणको जिम्मा पाएको कम्पनीले विद्युतका पोल सार्ने काम आफ्नो नभएको भन्दै बखेडा झिक्यो।
रुख कटानका काम भने अघि बढायो। पटक पटक परामर्शदातासमेत राखेर बैठक गरेपछि निर्माण कम्पनी विद्युतका पोलहरु सार्न तयार भयो। तर आयोजनासँग अझै कुरा मिलेको छैन, जसका कारण अरू कामको गति पनि सुस्त भएको छ।
आयोजनामा ११५ किलोमिटरको सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ। नारायणगढ-दाउन्ने ६५ र दाउन्ने-बुटवल ५० किमिका दुई खण्ड छन्।
निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन ९सीएमसीआइ०ले पाएको छ। एसियाली विकास बैकको करिब १६ अर्ब रुपैयाँ ऋण सहयोगमा यो सडक निर्माण हुन लागेको हो।
योजनाका अनुसार सडक चार लेनमा विस्तार गरिने छ। दुईरदुई लेनको बीचमा ग्रिनरी मेडियन राखिनेछ। जसमा फूल र साना विरुवाहरु रोपेर सडकलाई सुन्दर बनाइने डिजाइनमा छ।
३.५ मिटरको एउटा लेन हुनेछ। दुवैतिर ७/७ मिटरको क्यारिज-वे हुनेछ। बजार र बस्ती क्षेत्रमा ६ मिटरको सर्भिस लेन थपिने छ। यो सडक विस्तारपछि पनि निर्माण कम्पनीले पाँच वर्षसम्म मर्मत सम्भारको काम गर्नुपर्ने सर्त छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार