चैत्र १८ गते बोलाइयाे लुम्बिनी प्रदेश सभाको बैठक
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार २०:२०:५८
१६ चैत, बुटवल । संसद स्थगित भएको छ महिना पुग्न एक दिन बाँकी रहदा लुम्बिनी प्रदेश सभाको बैठक आह्वान गरिएको छ । संसद अधिवेशन अन्त्य भएको छ महिनाभित्रै अर्को बैठक बस्नु पर्ने बाध्यकारी व्यवस्थाका कारण सरकारले चैत १८ गते बैठक आह्वान गरेको हो ।
लुम्बिनी प्रदेश सभा स्थगित भएको चैत १९ गते छ महिना पुग्दै छ । प्रदेश सभा बैठ चैत्र १८ गते दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए । सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ शाहले बैठक आह्वान गरेका हुन् ।
सरकारले केही विधेहरूमा औपचारिक छलफलबाहेक अन्य विजनेस भने नभएको जनाएको छ । सरकारले बनाउने बजेटमाथि प्रि बजेट छलफललगायतका विषय भए पनि नेकपा एमाले र माओवादी ब्युँतिएको अवस्थामा प्रदेश सभा लामो समय नचल्ने अनुमान गरिएको छ ।
प्रदेश सभामा दल विभाजनसम्बन्धी सूचना प्रस्तुत गरिने जानकारी दिइएको छ । यसअघि एमाले र माओवादी केन्द्रको एकतापछि एउटै दल भए पनि अदालतको आदेशसंगै दुईवटा दल बनेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण सो दल सत्ता पक्षकै बेन्चमा बस्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार