विष्टद्वारा लिखित पुस्तक ‘जीवन–यात्रा’ को लोकार्पण
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १९:३६:३४
२९ चैत,भक्तपुर । सिरु बौद्धिक समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार लक्ष्मणराज विष्टद्वारा लिखित पुस्तक ‘जीवन–यात्रा’ लोकार्पण गरिएको छ । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित सिरु बौद्धिक समाजले आज आयोजना गरेको नव वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।
पत्रकार रिसालले पुस्तकमा समेटिएका विषयवस्तुले आफ्नो बालापन र जीवनको दुःख सुखलाई समेत स्मरण गराएको चर्चा गर्दै तत्कालीन समयमा काँठको अवस्थादेखि यहाँको रहनसहनलाई पुस्तकले उजागर गर्न सफल भएको बताए । वाग्मती प्रदेशका प्रदेशसभा सदस्य शशीजङ्ग थापाले कृतिकारले ८० वर्ष अगाडिको समयमा काँठ क्षेत्रको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था कस्तो थियो भन्ने चर्चा यस पुस्तकमार्फत उजागर गरेको बताए ।
कृतिका बारेमा चर्चा गर्दै ८१ वर्षीय पुस्तकका लेखक विष्टले २०५८ चैतमा निजामती सेवामा उपसचिव पदबाट अवकास प्राप्त गर्दाको समय, सेवाकालीन अनुभव, भोगाइ र विभिन्न जिल्लामा कार्य गरेको, सामाजिक सेवा, योग शिक्षक भई कार्य गर्दाको अनुभव, ८० वर्ष अगाडिको काठमाडौंको काँठ क्षेत्रको अवस्था, रहनसहनलगायत विभिन्न विषय पुस्तकमा समेटिएको बताए । यसअघि उनले सिरुटारका विष्ट परिवारको वंशावली तथा कूलदेवता पूजा नामक पुस्तक समेत प्रकाशन ल्याएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार