६ वाणिज्य बैंकको ब्याजदर सार्वजनिक, कुनले दिँदैछन् कुन खातामा कति ब्याज ?
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार १६:४१:५४
३१ चैत, काठमाडौं । छ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैशाख १ गतेदेखि लागू हुने गरी कुमारी, एनसीसी, प्रभु, हिमालयन, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
प्रभु बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले मद्दति निक्षेपमा व्याक्तिगत तर्फ न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म कायम गरेको छ भने संस्थागत तर्फ न्यूनतम ५ प्रतिशतदेखि ७ प्रतिशत कायम गरेको छ ।
बैंकले ५ वर्षे अवधिको फिक्स घर कर्जामा ९.९९ र ५ वर्ष वढि अवधिमा लागि १०.९९ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै, ५ वर्षे अटो कर्जामा १०.२४ प्रतिशत ब्याजदर कायम गरेको छ भने पाँच वर्ष माथिको अवधिको कर्जामा ११.२४ प्रतिशत ब्याजदर तोकेको छ ।
नेपाल बैंकले बचत खातामा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले मद्दति निक्षेपमा न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७ दशमलव १० प्रतिशत कायम गरेको छ । त्यस्तै फिक्स कर्जामा भने न्यूनतम ९.४९ देखि १३.९३ प्रतिशत ब्याज ताकेको छ ।
एनसीसी बैंकले बचत खातामा न्यूनतम २ दशममलव ५० देखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले मुद्दती निक्षेपमा भने ६ प्रतिशत देखि ८ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । त्यस्तै, बैंकले फिक्स कर्जाको ब्याज भने न्यूनतम ९.५० देखि ११ प्रतिशत तोकेको छ ।
हिमालयन बैंकले साधारण निक्षेपमा न्यूनतक २ देखि ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ४ देखि ७ प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थागत तर्फ ३ देखि ७ दशमलव २५ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, बैंकले फिक्स कर्जाको ब्याजदर ९ दशमलव ४९ देखि १०.९९ सम्म कायम गरेको छ ।
कुमारी बैंकले साधारण निक्षेप अर्थात बचतमा न्यूनतम २ दशमलव ५३ देखि ४.५३ प्रतिशत ब्याज कायम गरेको छ । बैंकले मुद्दती निक्षेपको ब्याजदर भने वृद्धि गरेको छ। बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएको हो ।बैंकले मुद्दती निक्षेपमा न्यूनतम ६.५० देखि ७.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै, बैंकले दिने कर्जामा भने १ वर्ष देखि ५ वर्षको लागि १०.५० प्रतिशत ब्याज र ५ वर्ष बढि अवधिको लागि ११ प्रतिशत ब्याज पुर्याएको छ।
राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले मद्दति निक्षेपमा व्याक्तिगत तर्फ न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ दशमलव २५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
मंसिर १८, २०८१ मंगलबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार