डिजिटल भुक्तानीको लागि एनएमबि बैंकमा ओम्नि च्यानलको प्रवेश
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १९:४०:१७
२ बैशाख, काठमाडौं । एनएमबि बैंकले डिजिटल भुक्तानीको लागि ओम्निच्यानल भित्र्याएको छ ।
नयाँ वर्ष २०७८ लाई ग्राहकवर्ग सँगै मनाउने उद्देश्य स्वरुप ओम्निच्यानल भित्र्याएको बैंकले जनाएको छ । नयाँ बर्षमा बैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरी ओम्नि च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको छ ।
प्रत्येक महिनाको पहिलो हप्ता हाम्रा ग्राहकहरुले विभिन्न प्रयोजनका लागी सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नु पर्ने हुन्छ, त्यसैले एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई ओम्निच्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गर्नुको साथै अन्य बैंकमा पैसा पठाउ“दा शुल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन अनुरोध गरेको छ ।
विद्यमान परिस्थितिलाई समेत मध्यनजर गदै नेपाल राष्ट्र बैंकको बैंकिङ्ग सेवा राष्ट्रब्यापी रुपमा डिजीटल बनाउने अभियानमा एनएमबि बैअग्रसर हुँदै समुदाय स्तरमा सर्वसाधारण सबैमा मुलधारको बैंकिङ्ग सेवा महशुस गराउने माध्यमको रुपमा आफुलाई उभ्याउदै लगेको छ ।
बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरु संग सहकार्य गदै लैजाने जनाएको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को ल्ःद्य NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिने जनाइएकाे छ ।
एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । डिजिटल भुक्तानीको लागी ओम्निच्यानल भित्र्याउने पहिलो एनएमबि बैंक भएको बैंकको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा
असोज ११, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत शेयर धितो कर्जा लिन मिल्ने
असोज ११, २०८१ शुक्रबार
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट
असोज ९, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार