ओली सरकारको बहिर्गमन र लोकतन्त्रको संरक्षण
नेपालबहस संवाददाता
बैशाख २, २०७८ शुक्रबार ०:१८:५५
देशमा फेरी एकपटक पात्रो फेरिएको छ । नेपाली नेताहरुको राजनीतिक जात्रा फेरिएको छ । विश्वास र अविश्वासको भूमरीभित्र नयाँ बर्षले पनि कुनै जादुमय परिवर्तन गर्ला भन्ने आशा र विश्वास गर्ने ठाउँ भने कमै छ । हो, नयाँ बर्षको नामाकरण गरिएर सधैं झै यस बर्ष पनि फेरी नेपाली जनजनका घर आङ्गनमा बैशाख १ गते घुमेर आयो । आशावादीताको अर्को रुप नेपाली जनतामा फेरी अर्को भरोशा पलायो ।
बितेको बर्षले देशमा के के परिवर्तन गरेर देखायो ? भन्ने करा त सबै सामू समेत छर्लङ्गै देखिएको नै छ । आफैले बनाएको नियम, कानून, विधि, विधान र संविधान नमान्ने शासक अहिले मुलुकले पाएको छ । समस्या पर्यो कि शितलनिवास धाउने सरकार प्रमूख र सरकारलाई समस्या पर्दा नेताका कुटीसम्म पुगेर हारगुहार मागी दिने राष्ट्रप्रमूख भएको यो मुलुकमा अब बाँकी लोकतन्त्रका परिभाषाको बिस्कुन लगाईराख्नु आवश्यक छैन ।
सधैं सडक किनारामा बसेर चटकी हेर्ने बानी परिसकेका नेपालीहरुलाई यस्ता सामान्य अलोकतान्त्रिक गतिबिधिहरुले छुँदा पनि छुँदैन । यस्ता बिषयमा बास्तवमा बोल्न पनि हुँदैन । सरकारका गलत र नराम्रा गतिविधिहरु देखेको नदेख्यै गरेर हिडने बानीको बिकास गर्न सक्नु पनि वर्तमान नेपालको राजनीतिक निकासको एउटा मुख्य उपचारको बिधि हुन सक्छ ।
देशले ठूला ठूला राजनीतिक परिवर्तनहरु गर्यो । नेता लुकेर नारायणहिटी छिर्दा समेत जनताले राजनीतिक परिवर्तनका लागि शुरु गरेको सडक आन्दोलन रोकेनन् । दौरा सुरुवाल सिलाएर प्रधानमन्त्रीको जाहेरी दिन दक्षिण गेटमा लाम लाग्दा पनि नेपाली जनताले नेताज्यू किन यत्तिसारो लम्पसारवादी र पदलोलुप हुनुभएको ? भनेर नेपाली जनताले नेताको बाटो कहिल्यै पनि छेकेनन् ।
अब नेपालका नेताबाट यो देशको बिकास र परिवर्तन सम्भव छैन भनेर जब जनता नेतृत्व मात्र हैन सिंगो ब्यवस्था नै परिवर्तन गर्न भनि सडकमा निस्किए तब मात्रै नेपालका राजनीतिक दलका नेताहरुले नेपाली जनताको शक्ति थाहा पाए । अब हामी पनि सुध्रियौं भन्दै जनतासँगै लुटपुटिदै बाध्य भएर आन्दोलनमा सरिक हुन आए, हामी पनि यो ब्यवस्थाको बिरोधी हौं भन्दै गणतन्त्र जिन्दावादको नारा लगाए ।
बैशाख ११ कै बक्तब्यलाई सिंङ्गाे उपलब्धि ठानेका नेतालाई जनताले सहमति गर्न जानै दिएनन । जब आन्दोलन पूर्णरुपमा सफल भयो, देशमा राजनीतिक परिवर्तन भयो, जब नेताले फेरी गुमेको कुर्सी, पद र प्रतिष्ठा प्राप्त गरे, त्यसपछि नेपाली जनता पट्टी फर्किएर कहिल्यै एकनजर पनि लाएनन् । जनताका समस्या के छन् ? भनेर एकपटक पनि सोध्न गाउँ आउँदै आएनन् ।
इतिहासदेखि वर्तमानसम्म आईपुग्दा वर्तमान सरकार र सरकारका सारथिहरु जस्ता घमण्डी, अहंकारी, पदलोलुप र भ्रष्टाचारी शासक नेपाली जनताले कहिल्यै देखेका थिएनन् । यसभन्दा अघिका सरकारहरुका बिरुद्धमा पनि मिडिया तथा स्वतन्त्र पत्रकारहरुले खुलेरै बिरोध गर्दथे तर वर्तमान ओली सरकारको जस्तो हेर्न र सुन्न नै नसकिने खालका गलत काम, निच विचार र तुच्छ अभिब्यक्तिको बिरोध र असहमति ब्यक्त गर्दै कहिल्यै पनि बिरोधमा उत्रिएका थिएनन् ।
जनताको बोल्न पाउने, लेख्न पाउने, कुनै एक ठाउँमा भेला भएर सभा सम्मेलन गर्न पाउने, फरक विचार राख्न पाउने, गलत कामको बिरोध गर्दै सही काम गर्न उत्प्रेरित गर्ने खालका नागरिकका अधिकारलाई समेत ठाडो हस्तक्षेप गरी बन्देज लगाउन खोज्ने वर्तमान ओली सरकारलाई अन्त्यमा सबै राजनीतिक दलहरुले असंबैधानिक काम गर्ने अलोकतान्त्रिक सरकार भनेर भन्न बाध्य भए । यत्ति भन्दा पनि यो सरकारलाई कुनै लाज, शरम, घिन लागेन ।
आफुले गरेको गलत कामको परिणाम अर्कै आईसक्दा पनि नैतिकताका आधारमा जनतासँग माफी माग्न सक्ने हिम्मत पनि वर्तमान सरकारसँग देखिएन । सरकारका राम्रा कामको विवरण हालसम्म पनि लेखक समक्ष आई नपुगेकोले उक्त बिषयहरु भने आजको लेखमा लेखिएन ।
अहिले देश रोग र महामारीबाट आक्रान्त छ । गरिब जनता ६ महिना पनि राम्ररी सञ्चालन नभएका बिद्यालयहरुमा १२ महिनासम्मको शुल्क भर्न बाध्य छन् । अस्पतालमा नागरिकहरु उपचार गराउन हैन मृत्यूको सर्टिफिकेट किन्नका लागि आउनु परेको छ । आफ्नै जग्गाकाे मालपोत तिर्न समेत नेताको सिफारिस लिन नेताको घर धाउनु परेको छ ।
लाचार सरकारसँग भरोसाको सानो अंश पनि बाँकी नभएपछि अहिले किसानले मल माग्न छाँडिसक्यो, यस्तो भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारसँग जनताले विकासको आश पनि मारिसक्यो । सरकार भने आफ्नाे तालमा बेमौसमी विकासको बाजा बजाईरहेको छ । सरकार भने न योजना, न बजेट, आर्थिक बर्षको अन्त्यमा फोश्रो लोकप्रियताका लािग बालुवाटारबाट स्विच थिचेर बिकासको चौतर्फी ढोका खोलिरहेको छ । अरुको त के कुरा गर्नु यो त लाज लाग्ने कुरा भयो हौं प्रधानमन्त्री ज्यू भनेर खोपीबाट आफ्नै दलको कार्यकर्ता बोलिरहेको छ ।
देश र जनतालाई अहिले बास्तवमै शान्ति र विकास चाहिएको छ । हावादारी गफ हानेर ब्यक्तिगत कुण्ठा बोकेर हिडने अवसरवादी दलाल भन्दा पनि देशलाई सही मार्गमा हिडाउन सक्ने ब्यक्तिलाई शासन सत्तामा बसेको हेर्न चाहिरहेको छ । देशको शासनसत्ता गलत ब्यक्तिको हातमा पर्दा पर्न सक्ने असर र भोगेका दुःखद अनुभवहरुले बोलिरहेका छन् अब नेपाली जनताले यस्तो गलत निर्णय भुलेर पनि दोबारा गर्ने छैनन् ।
जनताका दुःखमा फर्केर पनि नहेर्ने र आफ्ना आसेपासेको मात्र भुँडी भर्ने नेतालाई अब बिर्सेर पनि पुनः मतदान गर्ने छैनन् । जनताका छोराछोरीहरु भोकभोकै मरिरहँदा आफ्ना श्रीमति र सालासालीलाई हनिमुन मनाउन सिंगापुर र साउदी जाने नेता छान्ने छैनन् ।
नेपाली जनताहरु अहिले बारम्बार भनिरहेका छन्– यस्ता अवसरवादी र राष्ट्र लुटेराहरुको समूह या जमात अब फेरी दोहोरिएर नेपाली राजनीतिमा फर्केर आएको हेर्न नपरोस् । भ्रष्टाचारीका संरक्षकहरुलाई संसद भवन भित्र छिर्दै गरेको देख्न नपरोस् । फेरी पनि नेपाली जनताले भ्रष्टलाई नै बिजयी गराएर पठाए भनेर श्रमजीवी कलमवीरहरुले नेपाली जनताकै बिरुद्धमा दुःखद समाचार लेख्न नपरोस् ।
नेपाली राजनीतिमा ओली प्रबृत्ति अत्यन्तै नराम्रोसँग हाबी भएर गएको छ । आफ्ना बिरोधीलाई परास्त पारेरै हो आफुले खेल जित्ने तर आफ्नाे अनुकुलको खेलको नियम बनाएर सिंगो खेलको बदनामी गराएको छ । नेकपा भित्रको ओली प्रवृत्ति बिस्तारै छिमेकी नेपाली कांग्रेसको घर भित्रसम्म छिरेको छ । यहि ओली प्रवृत्तिले नेपाली कांग्रेसलाई पनि पिर्नु पिरेको छ । नेपाली कांग्रेस भित्रको ओली प्रवृत्ति पनि बितेको बर्ष २०७७ सालसँगै मासिएर जाओस् ।
नेपाली समाजमा अत्यन्तै दह्रो गरी जह्र गाडेर बसेको भ्रष्टाचार पनि नेपाली धर्तीभित्रै कहिल्यै निस्कन नसक्ने गरि भासिएर जाओस् । प्रत्येक दीन, दुःखी, असहाय, गरिब, अभाव र दवावमा पिल्सिएर बसेका तमाम नेपाली जनताको मुहारमा समेत हर्ष, खुसी, उत्साह, उमङ्ग र आशावादिताको सञ्चार भरिएर आओस् ।
हामी सबै नेपालीहरुको यत्ति मात्रै चाहना छ, कि नयाँ बर्ष २०७८ ले देउवालाई ओलीको चंगुलबाट छुटाओस् । असंबैधानिक र अलोकतान्त्रिक बाटोमा हिडिसकेको बेलगाम ओली सरकारका बिरुद्धमा नयाँ लोकतान्त्रिक सरकार बनाउन नेपाली कांग्रेसले सबै राजनीतिक दलहरुसँग राजनीतिक सहमति जुटाओस् । अब बन्ने सहमतिय सरकारले मंसिर महिना भित्रै स्वतन्त्र र निष्पक्ष संसदीय निर्वाचन गराओस् ।
लोकतन्त्रका आधारस्तम्भहरुलाई एकपछि अर्को गर्दै ध्वस्त पार्ने अलोकतान्त्रिक पक्षधरहरुलाई निर्वाचनमा नेपाली जनताले धुलो चटाओस् ।अझ भनौ भने नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा नेपाली कांग्रेसका आशाका केन्द्र, समाजवादी आन्दोलनलाई सार्थक निष्कर्शमा पुर्याउन लागि परेका युवाहरुले अत्यन्तै धेरै भरोसा र विश्वास गरेका, जनताका पीरमर्का र समस्या बुभ्न लेक, बेसी. र तराई झरेका, सबै नेपालीका अति प्रिय, सरल स्वभाव तर विकासमा दृढ वर्तमानमा पनि राजनीतिक गतिविधिमा अत्यन्तै क्रियाशील, नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई सभापतिमा बिजयी बनाओस् । नयाँ बर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार
निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार