मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १६:२७:४३
३ वैशाख,कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल)राजमार्गको कास्कीस्थित हेमजा खण्डको निर्माण चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरा महानगरपालिका–२५ याम्दीबाट घट्टेखोलासम्मको १२ दशमलव दुई किलोमिटर सडकमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ । साविकको पोखरा–बाग्लुङ राजमार्गको स्तरोन्नति गरी फराकिलो बनाएर यतिबेला कालोपत्र शुरु गरिएको छ ।
गत असोजभित्रमा आयोजना सम्पन्न गर्नुपर्नेमा बन्दाबन्दीलगायतका कारणले काममा ढिलाइ भए पनि आगामी असारभित्रमा बाँकी काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजनाका इञ्जिनीयर अनन्त बरालले जानकारी दिए । सो खण्डमा गत पुसदेखि सडक कालोपत्र गर्न शुरु गरिएकामा हालसम्म आधाभन्दा बढी सडक कालोपत्र गरेर सकिएको छ ।
“चालु आर्थिक वर्षमा यस खण्डको बाँकी सबै काम सम्पन्न गर्ने लक्ष्यअनुसार अहिले कालोपत्रको कामले तीव्रता पाएको छ । अहिलेकै गतिमा काम गरेर बाँकी अवधिमा आयोजना सम्पन्न गर्न लागिपरेका छौँ”, इञ्जिनीयर बरालले भने । मध्यपहाडी आयोजनाअन्तर्गत घट्टेखोलाबाट पर्वत जिल्लाको सीमा नयाँपुलसम्मको काम सकिएको छ । याम्दीबाट घट्टेखोलासम्म शुरुमा एक तहको काम सकेर त्यसपछि अर्को लेनको काम गरिने आयोजनाले जनाएको छ ।
बरालले भने, “यात्रुलाई सहज होस् भनेर हामीले पहिलो चरणमा एकतर्फी काम सम्पन्न गर्न लागिपरेका छौँ । सुँइखेतमा दुईतर्फ सकिए पनि तीन किमी एकतर्फी काम बाँकी छ, त्यसलाई पूरा गर्दछौँ ।” मध्यपहाडीको कास्की याम्दीबाट नयाँपुलसम्मको ३७ किमी सडक तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी तीन भागमा विभाजन गरेर विसं २०७४ असारमा रु दुई अर्ब ९३ करोड ६६ लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो । याम्दीबाट सुँइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुँइखेतबाट घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा कामको जिम्मा पाएका थिए ।
त्यसैगरी घट्टेखोलाबाट नयाँपुलसम्मको २६ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्शनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ लागतमा मध्यपहाडी लोकमार्ग आयोजना पर्वतले ठेक्का सम्झौता गरेको थियो । राजमार्ग छ लेन (३० मिटर) चौडाइ तथा तीन मिटरको डिभाइडर (मेडियन) तथा दायाँ–बायाँ दुई÷दुई मिटरको नाला निर्माण गरिएको छ । पहाडी धरातालका कारण घट्टेखोलाबाट नयाँपुलसम्म भने दुई लेनको छ । आयोजनाको याम्दीपूर्वको क्षेत्रमा भने सडक एलाइनमेन्टको अझै टुङ्गो लाग्न सकेको छैन ।
लमजुङ जिल्लाको सिमाना रुदीदोभानबाट मादी गाउँपालिकाको भैँसेसम्मको १६ किमी खण्डमा चालु आवमा बोलपत्र आह्वान भएर ठेक्का सम्झौतापछि गत महिनादेखि काम शुरु भए पनि भैँसेदेखी याम्दी जोड्ने सडकको अझै टुङ्गो लाग्न नसकेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार