प्रभु बैंकका अध्यक्ष सिटौलाले लिए गभर्नरबाट शपथ
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २१:२७:५१
६ वैशाख, काठमाडौं । प्रभु बैंक लिमिटेडका अध्यक्ष लिलाप्रकाश सिटौलाले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
सिटौलाले आजै बैंक सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गर्नुका साथै सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् । बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनलाई मिति २०७८-०१-०२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेकाका सिटौलाले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगालेका छन् । नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवानिवृत्त भएका उनले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी वहन गरेका थिए ।
उनले परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि विकास बैंकलाई डिजिटल प्रविधिमा लैजान महत्वपूर्ण भुमिका खेलेका थिए । उक्त अवधिमा उनले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्य समितिमा रही काम गरेका थिए । बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसकेका सिटौला नेपाली अर्थतन्त्रका ज्ञाता मानिन्छन् ।
नेपालको बैंकिङ्ग क्षेत्रमा लामो समयसम्म कार्यरत रहेर बैंकिङ्ग जगतका विविध क्षेत्रमा अनुभव हासिल गरेका सिटौलाको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक, शेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय भएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सिटौलाको सबल नेतृत्वबाट प्रभु बैंकलाई आगामी दिनमा ब्यापार व्यवासाय अभिबृद्धिका अतिरिक्त अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा
असोज ११, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत शेयर धितो कर्जा लिन मिल्ने
असोज ११, २०८१ शुक्रबार
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट
असोज ९, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार