सिभिल बैंकको मुनाफा ३९ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानीमा सामान्य सुधार
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १६:१३:१
९ बैशाख, काठमाडौं । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ।
तेस्रो त्रैमाससम्ममा बैंकले ५० करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी घटेपनि निष्क्रिय कर्जा घटेका कारण मुनाफा बढ्न टेवा पुगेको देखिन्छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.८७ प्रतिशत घटेको छ। तर, बैंकको सञ्चालन मुनाफा भने ६२.१७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ११ करोड ६ लाख रुपैयाँबाट बढेर ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७४ पैसा बढेर ७ रुपैयाँ ७५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३०.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३० पैसा रहेको छ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ। तर, बैंकको जगेडा कोष भने समीक्षा अवधिमा ६.७२ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ४८.२४ प्रतिशत बढेको छ भने कर्जा ४८.२० प्रतिशत बढेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
मंसिर १८, २०८१ मंगलबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार