२७ वाणिज्य बैंकः २१ काे मुनाफा बढ्दा ७ को घट्यो, एनएमबी, कुमारी र नेपाल इन्भेष्टमेण्ट बैंक अग्रस्थानमा
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १८:५७:४७
१६ बैशाख, काठमाडौं । २७ वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरेको विवरणमा २१ वाणिज्य बैंकहरुकाे मुनाफा बढेको छ भने ६ बैंकको मुनाफा घटेको छ । यस अवधिमा वाणिज्य बैंकहरुले करिब ५१ अर्ब बढी मुनाफा गरेका छन् ।
तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले गत वर्षको तुलनामा १३.५० प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भएका हुन् । जसअनुसार याे अवधिमा बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा ४४ अर्ब ७० करोड रुपैयाँ मुनाफा कमाएका थिए ।
याे अवधिमा सबैभन्दा बढी एनएमबी बैंक र सबैभन्दा थोरै कृषि विकास बैंकले मुनाफा बढाएका छन् । साथै, सो अवधिमा सेञ्चुरी, हिमालयन, नेपाल एसबीआई, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकको मुनाफाको वृद्धिदर नकारात्मक छ ।
तेस्रो त्रैमासम्ममा कुन बैंकको मुनाफा कति ?
हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये गत आवको चैत मसान्तको तुलनामा सबैभन्दा बढी मुनाफा वृद्धि गर्नेको सूचीमा पहिलो नम्बरमा एनएमबी, दोस्रोमा कुमारी र तेस्रोमा नेपाल इन्भेष्टमेण्ट बैंक रहेका छन् ।
एनएमबी बैंक- तेस्रो त्रैमाससम्म एनएमबी बैंकले ८७.८० प्रतिशतले मुनाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ११ करोड ७६ लाख रुपैयाँले थप भइ २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको वितरण योग्य मुनाफा भने २ अर्ब २७ करोड ५७ लाख रुपैयाँ आर्जन गर्न सफल भएकाे छ ।
कुमारी बैंक– तेस्रो त्रैमाससम्म कुमारी बैंकले साढे ७८ प्रतिशत बढीले मुनाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब १ करोड ७१ लाख रुपैयाँ मुनाफा कमाएको थियो । जसमा ७८.५७ प्रतिशत वृद्धि गरी १ अर्ब ८० करोड ८३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न बैंक सफल भएको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक- तेस्रो त्रैमासम्ममा इन्भेष्टमेण्ट बैंकले १४.०९ प्रतिशत मुनाफा बढाउन सफल भएको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ मुनाफा गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले मुनाफा ३५ करोड १६ लाख रुपैयाँले थप गरी २ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ ।
नेपाल बंगलादेश बैंक- बैंकले ६३ प्रतिशत बढीले मुनाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ५० लाख रुपैयाँ मुनाफा गरेको थियो । जसमा ६३.०२ प्रतिशत अर्थात् ६३ करोड ३३ लाख रुपैयाँ थप गरी १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न बैंक सफल भएको हो ।
सिद्धार्थ बैंक- बैंकले ५४.१२ प्रतिशतले मुनाफा बढाएको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ मुनाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा बैंकको मुनाफा बढेर २ अर्ब ६ करोड ५२ लाख पुगेकाे छ ।
प्रभु बैंक- बैंकले ४४.०८ प्रतिशतले मुनाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ मुनाफा गरेका थियो । जसमा ६४ करोड ५४ लाख रुपैयाँ थप गरी २ अर्ब १० करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गर्न बैंक सफल भएको हो ।
सिटिजन्स बैंकले ४१.६१ प्रतिशतले मुनाफा बढाएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब ५४ करोड रुपैयाँ मुनाफा गरेकाे छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
सिभिल बैंकले ३९.३९ प्रतिशतले मुनाफा बढाएको छ । बैंकले गत आवको चैत मसान्तमा ३६ करोड ५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा १४ करोड २० लाख रुपैयाँले थप गरी ५० करोड २५ लाख रुपैयाँ पुर्याएको छ ।
प्राइम बैंकले ३८.७६ प्रतिशतले मुनाफा बढाएको छ । गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ३ करोड ६ लाख रुपैयाँ मुनाफा गरेको थियो । जुन चालु आवको सोही अवधिमा ७८ करोड ७० लाख रुपैयाँले थप गरी २ अर्ब ८१ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ ।
मेगा बैंकले चालु आवको ९ महिनामा ३५.९५ प्रतिशतले मुनाफा बढाएको छ । गत आवको सोही अवधिमा १ अर्ब ४५ करोड १० लाख ९० हजार रुपैयाँ मुनाफा गरेकोमा बैंकले चालु आवको सोही अवधिमा मुनाफा बढाएर १ अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ ।
बैंक अफ काठमाण्डूले ३३.८७ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । गत आवको चैत मसान्तसम्म बैंकले ८७ करोड ३४ लाख रुपैयाँ मुनाफा गरेको थियो । जुन चालु आवको सोही अवधिमा २९ करोड ५८ लाख रुपैयाँले थप गरी १ अर्ब १६ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ ।
ग्लोबल आइएमई बैंकले ३२ प्रतिशतले मुनाफा बढाएको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७० करोड ६२ लाख रुपैयाँ मुनाफा गरेकोमा बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।
सनराइज बैंकले २०.८२ प्रतिशतले मुनाफा बढाएको छ । गत आवको सोही अवधिमा ९३ करोड ५२ लाख ८३ हजार रुपैयाँ मुनाफा गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब १३ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो ।
एनआइसी एशिया बैंकले तेस्रो त्रैमासम्ममा ३ अर्ब ४८ लाख रुपैयाँ मुनाफा गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ५० करोड रुपैयाँ मुनाफा गरेको थियो ।
लक्ष्मी बैंकले १८.१८ प्रतिशतले मुनाफा बढाएको छ। बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ८ करोड रुपैयाँ मुनाफा गरेको थियो । जुन चालु आवको सोही अवधिमा १९ करोड रुपैयाँले थप भइ १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
नबिल बैंकले १६.५० प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा ३ अर्ब १५ करोड रुपैयाँ मुनाफा गरेको थियो । जुन चालु आवको सोही अवधिमा ५२ करोड रुपैयाँले थप भई ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
सानिमा बैंकले १४.६७ प्रतिशतले मुनाफा बढाएको छ । गत आर्वको चैत मसान्तमा बैंकले १ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ मुनाफा गरेको थियो । जसमा चालु आवको सोही अवधिमा २३ करोड ७४ लाख रुपैयाँ थप गरी १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।
नेपाल बैंकले तेस्रो त्रैमासम्ममा १३.३१ प्रतिशतले मुनाफा बढाएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले मुनाफा २६ करोड ५६ लाख रुपैयाँले थप गरी २ अर्ब २६ करोड २२ लाख रुपैयाँ पुर्याएको छ ।
माछापुच्छ्रे बैंकले १०.६१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा बैंकले १२ करोड ३७ लाख रुपैयाँले मुनाफा बढाएको हो । बैंकले गत आवको समीक्षा अवधिमा मुनाफा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ गरेको थियो । चालु आवको सोही अवधिमा यस्तो मुनाफा बढाएर १ अर्ब २९ करोड ६ लाख पुर्याएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले तेस्रो त्रैमासम्म ३ अर्ब रुपैयाँ बढी मुनाफा आर्जन गरेको छ । बैंकले गत आवको चैत मसान्तमा आर्जन गरेको मुनाफामा ७.७० प्रतिशतले थप गरी चालु आवको सोही अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ पुर्याएको हो । गत आवको चैत मसान्तमा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ मुनाफा गरेको थियो । सो अवधिमा ३ अर्ब ४ करोड ३३ लाख रुपैयाँ वितरण योग्य मुनाफा गरेको छ ।
कृषि विकास बैंकले गत आवको चैत मसान्तमा २ अर्ब ४ करोड रुपैयाँ मुनाफा गरेको थियो । जुन चालु आवको सोही अवधिमा १.३९ प्रतिशत अर्थात् २ करोड ८२ लाख रुपैयाँ थप गरी २ अर्ब ७ करोड ३० लाख रुपैयाँ पुर्याएको छ । सो अवधिमा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।
तेस्रो त्रैमाससम्ममा मुनाफा घटेका बैंकहरु
चालु आर्थिक वर्षको चैत मसान्तमा गत आवको सोही अवधिमा तुलनामा सेञ्चुरी, हिमालयन, नेपाल एसबीआई, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकको खुद मुनाफा वृद्धि घटेको छ । जसमा सबैभन्दा धेरै सेञ्चुरी बैंकको ६०.८९ प्रतिशतले र सबैभन्दा थोरै एनसीसी बैंकको ५.५५ प्रतिशतले घटेको हो ।
एनसीसी बैंकको मुनाफा ५.५५ प्रतिशतले घटेको छ । बैंकले गत आवको चैत समान्तसम्म १ अर्ब १६ करोड ५८ लाख रुपैयाँ मुनाफा गरेको थियो । जुन चालु आवको सोही अवधिमा आइपुग्दा ६४ करोड ७० लाख रुपैयाँले घटेर १ अर्ब १० करोड ११ लाख रुपैयाँमा सीमित भएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको मुनाफा ३४.३३ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म १ अर्ब ८० करोड मुनाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा यस्तो नाफा जम्मा १ अर्ब १८ करोड रुपैयाँमा सीमित गरेको छ ।
एभरेष्ट बैंकको मुनाफा ३८.९१ प्रतिशतले घटेको छ । बैंकले गत आवको चैत समान्तसम्म १ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ मुनाफा गरेको थियो । जुन चालु आवको सोही अवधिमा आइपुग्दा ५५ करोड ९५ लाख रुपैयाँले घटेर ८७ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ ।
नेपाल एसबीआई बैंकको मुनाफा ३४.३३ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म १ अर्ब ४३ करोड मुनाफा गरेको बैंकले चालु आवको सोही अवधिमा यस्तो नाफा ८७ करोड ८६ लाख रुपैयाँमा सीमित गरेको छ ।
हिमालयन बैंकको मुनाफा ४४.४५ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ३१ करोड रुपैयाँ मुनाफा गरेको थियो । जुन चालु आवको सोही अवधिमा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ ।
सेञ्चुरी बैंकको मुनाफा ६०.८९ प्रतिशतले घटेको छ । बैंकले गत आवको चैत समान्तसम्म ९१ करोड ५७ लाख रुपैयाँ मुनाफा गरेको थियो ।जुन चालु आवको सोही अवधिमा आइपुग्दा ५५ करोड ७६ लाख रुपैयाँले घटेर ३५ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
मंसिर १८, २०८१ मंगलबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार