खप्तड जोड्ने सडकखण्ड इआइएका लागि सहमति
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ मंगलबार ०:४:१७
२० वैशाख,काठमाडौं । वन तथा वातावरण मन्त्रालयले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्न निर्माण गर्न लागिएको झिग्राना–बीचपानी–बुगीदह सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए)अध्ययनका लागि सहमति दिएको छ । वनमन्त्री प्रेमबहादुर आलेले उक्त सडकखण्डको इआइएका लागि सहमति दिएका हुन् ।
वातावरणीय प्रभाव र जैविक विविधतामा पर्ने असर कम गर्दै वातावरणमैत्री सडक निर्माण गर्ने उद्देश्यले सहमतिपत्र दिइएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए । जिल्ला सदरमुकाम सिलगढीबाट झिग्रानासम्म कम्तीमा २१ किमी दूरी भए पनि ठाडो भिरालो भूसतह र असहज बाटो हुँदा कम्तीमा पनि चार घण्टा पैदल लाग्ने छ । स्थानीय जनताले अत्यन्त दुःख भोग्नुपरेको तथा वर्षौँदेखि सडक निर्माणको काम रोकिएको गुनासो आएपछि मन्त्री आलेले सहमति दिएको जनाइएको छ ।
सडक निर्माण सकिए खप्तड क्षेत्रमा पर्यटक भित्र्याउन निकै सहज हुने तथा यहाँका नागरिकको आर्थिकस्तर वृद्धि हुने पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । सडक निर्माणबाट राष्ट्रिय निकुञ्जका कर्मचारीलाई समेत फिल्ड अनुगमन, निरीक्षण तथा गस्तीमा सहज हुने र वन्यजन्तु एवं जैविक विविधता संरक्षणमा थप टेवा पुग्ने विश्वास गरिएको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार