बट्टाईपालनमा लागेका मानबहादुर
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २१:५८:२०
२२ वैशाख,बाँके । बाँके जिल्लाको खजुरा गाउँपालिका ३ मनकामनामा मानबहादुर भण्डारीको परिवारको आम्दानीको स्रोत भनेको बट्टाईपालन बनेको छ । मानबहादुरले व्यावसायिकरुपमा बट्टाई पालन गर्न लागेको धेरै समय भने भएको छैन तर उनको मेहेनत र लगनले गर्दा छोटो समयमा राम्रो प्रतिफल लिन सफल भएका छन् ।
रक्तिम सांस्कृतिक मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहेका मानबहादुर एक कुशल कलाकारका साथै प्रखर वक्ताको रुपमा पनि चिनिन्न्छन् । अहिले उनको परिचय त्यतिमा मात्र सिमित छैन, एक व्यावसायिक किसानको रुपमा पनि चिन्न थालिएको छ । लामो समयदेखि राजनीतिमा लागेका मानबहादुरको ध्यान अब आर्थिक उपार्जन गरी समाज परिवर्तनतर्फ सोझिएको छ । राजनीतिमा लाग्नेहरुले पनि उत्पादनमा लाग्नु पर्ने उनको धारणा छ । आफूले कृषिलाई व्यावसायिक बनाएर लैजाँदै गर्दा आफ्नो घरखर्च जुटाउन सकिने र अरुका लागि पनि उदाहरण बन्ने भएकाले पनि आफू बट्टाईपालनतर्फ लागेको उनले बताए ।
आफ्नै ह्याचरीसहित बट्टाईको चल्ला उत्पादनतर्फ लाग्नुभएका मानबहादुरले स्थानीय कुखुरा, हाास, टर्की, कडकनाथको पालनलाई पनि विस्तारै बढाउँदै लैजाने उनको तयारी रहेको छ । मानबहादुरले पाँच महिनाअघि गाउँघरबाट बट्टाईका माउ र भाले सङ्कलन गरी व्यवसायको शुरुआत गरेका हुन् । शुरुमा ६०० देखि शुरुवात गरेको उनले पछि ३०० थपेर व्यावसायिक यात्रालाई अघि बढाएका हुन् । अहिले उनीसंग तीन हजार बढी बट्टाई छन् । दुई चरणमा ५५० वटा बट्टाई त उनले विक्री पनि गरिसकेका छन् । एक जोडीलाई रु ३०० मा विक्री गर्न गरेको उनले बताए । बजारको समस्या नभएको उनको भनाइ छ । चल्ला, बयस्कदेखि बट्टाईका अण्डा पनि सहजै विक्री हुने गरेको छ । उनका अनुसार ग्राहकहरु घरमै आएर किन्ने गर्दछन् ।
तीन हजार २४० क्षमता भएको ह्याचरी घरमै रहेकाले पनि चल्ला निकाल्न उनलाई कुनै समस्या छैन । उक्त बट्टाईपालन तथा ह्याचरी सञ्चालनमा हालसम्म रु आठ लाख जति लगानी भइसकेको उनी बताउछन् । बट्टाईका चार वटा जातहरु उनीसंग रहेका छन् । बट्टाईपालनलाई थप बढाउन युवा नेता तथा किसान मानबहादुरले नयाँ योजना बनाइसकेको र छिटै विभिन्न जिल्लामा यसको उत्पादन पु¥याउने योजना बनाएका छन् । मानबहादुरलाई यो व्यवसायमा परिवारबाट पनि पूर्ण रुपमा सहयोग मिलेको छ । उनी भन्छन्, “परिवारको सहयोग नहुने हो भने एक्लो व्यक्रिले चाहँदैमा केही गर्न सकिंदैन ।”
उत्पादन दिनहुँ बढ्दै जाँदा बजारको अभाव हुने हो कि भन्ने डर मानबहादुरलाई लागिरहेको छ । छोटो समयमा यति राम्रो व्यवसाय सञ्चालन गर्न सकेकामा उनी निकै खुशी देखिन्छन् । उनको घरमा फार्म हेर्न र उत्पादित बट्टाई र अण्डा खरीद गर्न टाढाटाढाबाट पनि मानिस आउने गरेका छन् । बट्टाईको मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उनको भनाइ छ ।
बट्टाईपालन शुरु गर्नुअघि नजिकैको ज्ञानोदय नमूना माविमा मानबहादुरले चमेना गृह सञ्चालन गर्दै आएका छन् । गत वर्ष लामो समय कोरोना कहरका कारण बन्दाबन्दी हुँदा विद्यालय पनि नियमित सञ्चालन नभएपछि मानबहादुरले कृषि व्यवसाय रोजेका हुन् । “पहिलेदेखि नै यस व्यवसायतर्फ मेरो ध्यान गएको थियो तर कोरोनाले गर्दा यसतर्फ लाग्न प्रेरित ग¥यो”, उनी भन्छन्, “कोरोना मेरा लागि व्यवसायमा लाग्ने अवसर बन्यो ।”
थोरै लगानीबाट पनि छोटो अवधिमै आम्दानी गर्न सकिने भएकाले अन्य युवालाई पनि उनी यसतर्फ लाग्न प्रेरित गर्छन । ‘‘पालेको डेढ÷दुई महिनामै बिक्री शुरु गरेँ, चल्ला किन्नेहरु घरमै आउँछन्’’, मानबहादुरले भने, ‘‘घरमै बसेर पाल्न सकिने हुँदा बट्टाईपालनसँगै खेतीपातीको काम समेत गर्न भ्याएको छु ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भीड
बैशाख २६, २०८१ बुधबार
अत्यधिक गर्मी र ‘लू’ ले जनजीवन कष्टकर
बैशाख २५, २०८१ मंगलबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
वर्षे अधिवेशनको पहिलो दिन: खोज्दा-खोज्दै नभेटिएको ‘सहमति’
बैशाख २८, २०८१ शुक्रबार
बाध्य पारिए इजराइल एक्लै भए पनि खडा हुनेछ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वाेच्चको आदेश, जेठ ८ गते अन्तिम सुनुवाई हुने
बैशाख २८, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने
बैशाख २८, २०८१ शुक्रबार
सहकारी प्रकरणमा दोहोरी : रविले चुनौती दिएपछि गगनले भने - सबै स्वीकार छ, संसदीय समितिमा आउनुस् !
बैशाख २८, २०८१ शुक्रबार
राष्ट्रपति चुरे–तराईका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध मुद्धा दायर
बैशाख २८, २०८१ शुक्रबार