महामारी नियन्त्रणका लागि आन्तरिकतर्फ ४१ उद्धार उडान
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बिहिबार २:३८:१७
२२ वैशाख, काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस अवधिमा हेलिकोप्टर कम्पनीका केही उद्धार उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आज दुई जहाज कम्पनी तथा १० हेलिकोप्टर कम्पनीले ४१ उडान गरेका छन् । यी उडानबाट १७८ यात्रुले सेवा लिएका छन् ।
विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीका अनुसार सबै उडान पर्वतारोहणमा जानेका लागि उद्धार उडान तथा कार्गो उडानको हो । वसन्त यामको हिमाल आरोहण चलिरहेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि स्वदेशी तथा विदेशी गन्तव्यमा जान पनि अहिले धेरै हेलिकोप्टरको उडान छ । सबैभन्दा बढी लुक्लामा हेलिकोप्टर उडान भइरहेको छ ।
आज यती एयरलाइन्सको दुई, समिट एयरको दुई र सीता एयरको एक उडान भएको छ । त्यसैगरी हेलिकोप्टरतर्फ अल्टिच्युट एयर, सिम्रिक एयर र प्रमु हेलिकोप्टरले समान ६ उडान गरेका छन् । कैलाश हेलिकोप्टर र मनाङ एयरले समान पाँच तथा हेली एभरेष्ट, माउन्टेन हेलिकोप्टरले समान दुई उडान गरेका छन् । मनाङ एयरले तीन र एयर डाइनेस्टिले एक उडान गरेको विमानस्थलले जनाएको छ । यसअघि मंगलबार आन्तरिकतर्फ हेलिकोप्टरको २३ तथा नेपाल एयरलाइन्सको एक र बुद्ध एयरको दुई उडान भएको थियो ।
अन्तरराष्ट्रियतर्फ आगमन र प्रस्थान दुबैगरी ४३ उडान भएको विमानस्थलले जारी गरेको उडान विवरणमा उल्लेख छ । त्यसअघि वैशाख २० गते विभिन्न एयरलाइन्सका ४१ उडानमार्फत सात हजार २२५ यात्रुले सेवा लिएका थिए । अन्तरराष्ट्रिय उडान २३ गते रातिदेखि स्थगित हुनेछ । मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार