जसपा नेता ठाकुर र महतोको सत्ता दौंडधुप, देउवालाई भेटेपछि बालुवाटार छिरे
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १७:२८:५४
२६ बैशाख, काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो विहानैदेखि सत्ता दौडधुपमा लागेका छन । करिब १ घण्टा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बिताएका जसपा नेताद्वय ठाकुर र महतो अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्ताको सन्देश लिएर ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि भर्खरै बालुवाटार छिरेका हुन् । देउवासँगको भेटमा जसपा नेताहरुले सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए आफुहरु तटस्थ बस्ने, नदिएमा ओलीलाई समर्थन गर्ने देउवालाई जानकारी गराएका छन् । जसपाको उपेन्द्र यादव पक्ष भने ओलीलाई कुनै हालतमा समर्थन नगर्ने पक्षमा रहँदै आएको छ।
ओलीसँगको भेटमा आफूहरु सघाउन तयार भएको तर एमालेबाटै भोट नआउने अवस्था रहेकाले अब तटस्थ बस्ने मानसिकतामा रहेको जानकारी गराउने भएका छन् । ओलीले विश्वासको मत नजितेपनि उनको विरुद्ध मत नहाल्ने प्रष्ट पार्न उनीहरु बलुवाटार गएको स्रोतको भनाई छ ।
यसअघि आजै बिहान ठाकुर र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ गएका थिए । बुढानिलकण्ठबाट उनीहरु सोझै बालुवाटार प्रवेश गरेका हुन् । प्रधानमन्त्री ओलीको पक्षमा वातावरण बन्न मुश्किल देखिएपछि यो समूहको भेटघाट तीव्र भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २७ गते आव्हान गरिएको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताउदै विश्साको मत लिने प्रधानमन्त्रीको प्रयास असफल पार्ने बताएको छ । प्रधानमन्त्री ओलीले सोमबार संसद्मा विश्वासको मत लिँदैछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार